कांग्रेसको एक निर्णयले कम्युनिस्ट सरकारलाई राहत मिल्यो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक चल्न दिने भएको छ । संसद बैठक चल्ने भएपछि कम्युनिस्ट सरकारलाई राहत भएको छ ।

पूर्वप्रधानमन्त्रीद्वयका गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताललाई संघीय सरकार मातहत ल्याउनु पर्ने माग गर्दै कांग्रेसले संसद बैठक अबरोध गर्दै आएको थियो । कांग्रेसले डा.गोविन्द केसीका माग पनि पूरा गर्नुपर्ने अडान राख्दै आएको छ ।

संसदमा आफूहरूले दिएको दवावकै कारण तनहुँमा रहेको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सरकारले संघीय सरकार मातहत ल्याएको कांग्रेस सांसद बद्री पाण्डेले बताए ।

कांग्रेसका पूर्वसभापतिद्वयको नाममा रहेको अस्पताललाई अहिलेको सरकारले नियतबस खारेज गर्न खोजेकाले आफूहरूले बाध्य भएर संसद बैठक अवरोध गरेको र सरकारले बाध्य भएर निर्णय सच्याएकाले अब बैठक अवरोध नगर्ने उनको भनाई छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठकलाई अवरोध नगरिने उनले जानकारी दिए ।

संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक दिउसो एक बजे बोलाइएको छ । प्रतिनिधि सभाको बैठक दिउँसो तीन बजेपछि बस्ने गरी बोलाइएको छ ।

Published : Sunday, 2019 February 3, 10:17 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया