गगन थापा संसदमा बोल्द सन्नाटा, दङ परे कम्युनिस्टहरू

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकार जस्तो गैरजिम्मेवार आफूहरू नरहेको जनाएको छ ।

संसदको आइतबारको बैठकमा समय लिएर बोल्दै नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगनकुमार थापाले संसद अबरुद्ध हुँदा पनि सरकारले खुलाउने विषयमा जिम्मेवार बन्न नसकेको बताए ।

‘प्रमुख प्रतिपक्ष हुँदैमा अनन्तकालसम्म संसद अबरोध गर्दैनौँ’, उनले भने, ‘प्रमुख प्रतिपक्ष दलले आवश्यक पर्दा संसद अबरुद्ध पनि गर्द । आवश्यक पर्‍यो भने खोल्छ पनि ।’ कांग्रेसका सांसद थापाले भने, ‘तर, यो सरकार अबरुद्ध संसद खोल्न जिम्मेवार छैन ।’

‘आवश्यक पर्‍यो भने फेरि पनि संसद अवरोध हुन्छ । तर, हामीले संसद अबरोध गर्न चाहँदैनौँ’, उनले भने, ‘यो सरकारलाई कुनै चिन्ता छैन । सरकारलाई देखाइदिन्छौँ भनेर लाग्ने हो भने समस्या हुन्छ । हामी जिम्मेवार छौँ । सदन चल्छ । प्रदेशमा पनि अबरोधको अवस्था आएको छ । यस्तै अवस्था रह्यो भने देशले निकास पाउँदैन । हामीले निकास दिन चाहन्छौँ ।’

नेपाली कांग्रेसका सांसद थापाले आगामी दिनमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको सम्बन्ध अबका दिनमा पहिलाकै जस्तो हुन नसक्ने बताए । ‘हाम्रो सम्बन्ध हिजोको जस्तो रहँदैन । एउटा घटनाबाट बिर्सना सक्दैनौँ’, कम्युनिस्ट सरकार र सभामुख कृष्णबहादुर महराबाट भएको व्यवहारको कठोर आलोचना गर्दै उनले भने, ‘सरकारको आगामी व्यवहारलाई हेरेर हामीले पनि सोही अनुसारको व्यवहार गर्ने छौँ । सरकारले प्रमुख विपक्षी दललाई जुन व्यवहार गरेको छ । सरकारले सच्चाउनु पर्छ ।’
कांग्रेसका सांसद थापाले भने, ‘यो सरकारले प्रमुख प्रतिपक्ष सुनिएन, देखिएन भनेको होइन ? अब सरकारले प्रतिपक्ष पनि देख्नेछ । अब सरकार आश्चर्य चकित पार्ने पालो आएको छ । सरकारले आश्चर्य चकित पर्नेछ ।’

डा.गोविन्द केसीका मागका विषयमा सांसद थापाले भने, ‘उहाँले उठाएका मागहरूभन्दा पनि विगतमा सरकारले गरेको सहमति कार्यान्वयन भयो कि भएन भनेर हेर्नु हो । सरकारले कस्तो व्यवहार ग¥यो भन्ने कुरा हो ।’

नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा बनेका अस्पताल खारेज गर्ने ताकत कसैसँग नरहेको सांसद थापाले बताए । ‘गिरिजाप्रसाद कोइरालाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुभयो । सुशील कोइरालाको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान ल्याइयो । देशाका लागि यति ठूलो योगदान गरेका व्यक्तिको नामका अस्पताललाई कसैले रोक्ने ताकत राख्दैन’, उनले भने, ‘हामीले सरकारलाई झुकाइ छाड्यौँ । आवश्यक पर्‍यो भने यो कम्युनिस्ट सरकारलाई फेरि पनि झुकाउने छौँ ।’

‘सरकारको नियत कस्तो छ भन्ने कुरा देखिएको छ । सरकारले गरेका गलत कुरामा प्रतिपक्षले कुरा उठाउँछ । गल्ती सच्चाउन बाध्य बनाएका छौँ’, उनले भने, ‘संवैधानिक आयोगमा छलछाम गरिएको छ । त्यसलाई पनि सच्चाउन बाध्य बनाउने छौँ ।’
कांग्रेसका सांसद थापाले चिकित्सा शिक्षा विधेयकमा सरकारले प्लावहरू राखेर पारित गरेको बताए । ‘चिकित्सा शिक्षा विधेयकका प्वालका बारेमा हामीलाई थाहा छ । त्यो प्वाल रोक्न लाग्ने छौँ’, उनले भने, ‘आवश्यक्ता प¥यो भने फेरि पनि संसद अबरुद्ध हुन सक्छ ।’

प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध आक्रामक देखिएका सांसद थापाले भ्रष्टाचारले प्रधानमन्त्रीको अनुहारमा दाग लागेको बताए । उनले ओलीको अनुहारमा लागेको दागलाई हटाउन सुझाव दिए ।

संसदको भिडियो फुटेज देखारएको नेपालका गरिमामाथि आँच पुर्‍याउने काम भएको पनि उनले आरोप लगाए ।
‘जनताको आक्रोशलाई सरकारसम्म पु¥याउने काम हाम्रो हो । सरकारको असक्षमता, अहँकार, विभिन्न काण्ड र घटनाले हामीलाई डर र चिन्ता लाग्न थालेको छ’, थापाले भने, ‘सरकारको गैरजिम्मेवारीका कारण संघीय लोकतान्त्रिक गणतन्त्रमा संकट आउने देखेका छौँ । जात, धर्मका नामा झण्डा बोकेर खेल्न चाहने तत्व नओस् भन्ने पक्षमा कांग्रेस ।’

कांग्रेसका सांसद थापाले कम्युनिस्ट सरकारको गतिविधिले जनतामा चरम निरासा र आक्रोश रहेको बताए । उनले जनताको आक्रोशलाई कांग्रेसले सडक र सदनबाट देखाइदिने बताए ।

नेपाली कांग्रेसले आइतबारदेखि संसदको बैठक चल्न दिएको छ । संसदको बैठक बस्नु अगाडि कांग्रेसको संसदीय दलको बैठक बसेको थियो ।

Published : Sunday, 2019 February 3, 3:45 pm

1 प्रतिकृया प्राप्त “गगन थापा संसदमा बोल्द सन्नाटा, दङ परे कम्युनिस्टहरू”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया