गगनलाई नेविसंघको कालोझण्डा, विरुद्धमा नारावाजी

पोखरा । नेविसंघका कार्यकर्ताहरुले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापालाई कालो झण्डा देखाएका छन् ।

सरकारलाई खबरदारी गर्न देशभर प्रदर्शन कार्यक्रमको आयोजना गरेको नेपाली कांग्रेसले सोमबार पोखरामा गरेको विरोध प्रदर्शनको कोण सभालाई सम्बोधन गर्ने क्रममा नेविसंघका कार्यकर्ताहरुले थापालाई कालोझण्डा देखाएका हुन् ।

नेविसंघ कास्की जिल्ला सभापति विकास थापाको नेतृत्वको समूहले युवा नेता थापालाई कालो झण्डा देखाएको छ ।

शनिबार पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले नेविसंघका ५ कार्यकतालाई पक्राउ गरेको थियो । थापाले आगजनीको विरोध गरेका थिए ।

थापाको विरोधको नेविसंघ कास्कीले अपात्ति जनाएको छ ।

पक्राउ परेका विद्यार्थी नेतालाई रिहाई गर्न पहल गर्नुको साटो कारवाहीको लागि झन् पहल गरेको भन्दै कार्यकर्ता आक्रोशित भएर कालो झण्डा देखाएको हुन सक्ने कांग्रेस निकट नेताहरुको भनाइ छ ।

नेविसंघको केन्द्रीय कार्यक्रम अन्तर्गत सार्वजनिक विदाको दिन शनिबार भएको विरोध प्रदर्शनका क्रममा नेविसंघका विद्यार्थी नेताहरु लक्ष्मीप्रसाद पौडेल, परशुराम बस्नेत, राजेन्द्र बराल, डिफान भुजेल र विनय पौडेललाई पक्राउ परेका थिए ।

Published : Monday, 2019 February 4, 5:19 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया