यो धुन्दुकारी कम्युनिस्ट सरकार सुध्रिएन भने सडकबाटै फाल्छौँः दीपक गिरी

घोराही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले कम्युनिस्ट सरकारले दुई तिहाईको आड र दम्भमा न्यायालयसहितका संवैधानिक निकायहरूमाथि प्रहार गरेको बताएका छन् ।

दाङको घोराहीमा नेपाली कांग्रेसले सोमबार कम्युनिस्ट सरकारविरुद्ध आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दैै गिरीले न्यायालयसहितका संरचनामा प्रहार गरेर खड्गप्रसाद ओलीको सरकारले हरेक निकायलाई निकम्मा बनाएको बताए । उनले ओली सरकार हरेक क्षेत्रबाट असफल हुँदै आएको भन्दै आवश्यक प¥यो भने कांग्रेसले सडकबाटै कम्युनिस्ट सरकारलाई अपदस्थ गर्ने चेतावनी दिए ।

उनले देशमा बेथिति गरेर जनादेश र राष्ट्रियताविरूद्ध गतिविधिहरू गरेकाले नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको विरोध गर्न बाध्य भएको बताए ।

कांग्रेसले सरकारलाई सकारात्मक प्रतिपक्षको रूपमा सहयोग गर्दागर्दै पनि कम्युनिस्ट सरकारले अलोकतान्त्रिक, भ्रष्टाचारी, बेभिचारी र हिंसात्मक गतिविधिहरू गर्नेहरूलाई संरक्षण गरेकाले कांग्रेसले देशव्यापी रूपमा विरोध प्रदर्शन गर्न बाध्य नेता गिरीले बताए । उनले सुनकाण्डमा ओली सरकारका मान्छेहरू संलग्न रहेकाले सबै विषयलाई लुकाउने प्रयास भएको बताए ।

‘सुन काण्ड, निर्मला हत्या काण्ड, वाइड बडी एयरबस काण्ड जस्ता ठूला र अपराधीक घटनाहरूमा कम्युनिस्ट सरकारकै संलग्नता छ’, कांग्रेसका केन्द्रीय सदस्य गिरीले भने । उनले निर्मला पन्तका बलात्कारी र हत्यारा ओली सरकारकै मान्छेहरूका आफन्त परेकाले दोषी पक्राउ पर्न नसकेको बताए ।

गिरीले बर्तमान सरकार गठन भएको एक वर्षमा मुलुकमा भ्रष्टाचार, महँगी, कालोबजारी र जनतालाई विभिन्न बहानामा कर थुपार्ने काम गरेको पनि बताए । उनले भने, ‘देशमा दिनानुदिन जनताहरूलाई आर्थिक समस्याको दलदलमा फसाइएको छ । सरकारका गलत कुराको जनताले वस्ती–वस्तीबाट सडकमा आएर खबरदारी गर्नुपर्छ ।’

उनले वर्तमान सरकारमा बसेकाहरू लुटेरा र हत्याराहरू रहेको पनि बताए । ‘विगतमा लुटने, जनताको टाउको काटनेहरू सरकारमा छन् । उनीहरूको व्यवहारमा सुधार होस् । होइन भने कांग्रेसले उनीहरूलाई सहि ठाउँमा ल्याउन बाध्य हुनेछ ।’

केन्द्रीय सदस्य गिरीले प्रदेश ५ को राजधानी दाङलाई बनाउन पनि आग्रह गरे । ‘प्रादेशिक राजधानी दाङ उपयुक्त हुन्छ’, उनले भने, ‘यसमा खेलवाड नगरियोस् ।’ कांग्रेसका नेता गिरी उर्जामन्त्री बनेका बेला उच्च अदालत र प्रहरीको प्रादेशिक कार्यालय तुलसीपुरमा ल्याएका थिए ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले एक वर्षभित्रै कम्युनिष्ट सरकार असफल भैसकेको बताए । उनले कम्युनिष्ट सरकारको गतिविधिबाट जनता वाक्कदिक्क भएको उल्लेख गरे ।

विरोध सभालाई नेपाली कांग्रेसका प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, अर्जुनकुमार श्रेष्ठ, नेतृ पुष्पा श्रेष्ठलगायतले सम्बोधन गरेका थिए ।

Published : Tuesday, 2019 February 5, 8:10 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया