पक्राउ परेका विद्यार्थी नेताहरुलाई नछाडे नेविसंघले उथलपुथल ल्याउने

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै विरोध जनाएको छ ।

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले मंगलबार विज्ञप्ति जारी गरेर प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरुलाई दमन नगर्न चेतावनी दिएका छन् ।

उनले पोखरामा पक्राउ परेका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका अध्यक्ष नैनसिंह महरसहितका नेताहरुलाई पक्राउ गरेको भन्दै आपत्ति जनाए ।

पक्राउ परेका सबै विद्यार्थी नेताहरुलाई विना सर्त रिहाइ गर्न महामन्त्री काफ्लेले चेतावनी दिएका छन् । उनले विद्यार्थी नेताहरुलाई रिहाइ नगरिए कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिए ।

नेविसंघले गरेको प्रदर्शनमा प्रहरीले दमन गर्दै आएको छ । विद्यार्थी नेताहरुले सुरक्षाकर्मीहरुलाई पनि आफ्नो मर्यादामा बस्न चेतावनी दिएका छन् ।

Published : Tuesday, 2019 February 5, 3:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया