तङ्ग्रिन सकेनन डा.केसी, आईसियुमा उपचार हुँदै

काठमाडौं । अनशन तोडेर उपचार गराइ रहेका डा.गोविन्द केसी तङ्ग्रिन नसकेको चिकित्सकहरूले बताएका छन ।

२४ दिन अनशन बसेका डा.केसीलाई तङ्ग्रिन अझै केही समय लाग्नेछ । अनशन तोडेलगत्तै आईसीयु भर्ना भएका उनी पाँच दिनदेखि उपचाररत छन् ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.केसीलाई आईसीयूबाट मंगलबार वार्डमा सारिएको डा.केसीका आफन्तले जनाएका छन ।

सरकारले आफूसँग गरेका सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने मागसहित डा. केसीले शुक्रबार अनशन तोडेका थिए । सरकारले डा. केसीसँग सरकारले साउन १० मा सम्झौता गरेको थियो ।

सरकारको बदनियतका कारण मेडिकल कलेजलाई सम्बन्धन दिनेलगायत प्रावधानमा सुधारको काम अधुरै रहेको डा.केसीको भनाइ छ ।

चिकित्सा शिक्षा सुधार र सुशासनका बाँकी कार्यभार पूरा गर्न फरक ढंगले लडिरहने उनको प्रतिबद्धता छ ।

Published : Wednesday, 2019 February 6, 7:56 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया