कम्युनिस्टहरूका कारण अर्थतन्त्रमा गम्भीर संकट, सम्झिन थाले कांग्रेसलाई

काठमाडौं । दुई तिहाइको कम्युनिस्ट सरकार बनेको एक वर्ष नपुग्दै देशमा आर्थतन्त्रमा गम्भीर संकट उत्पन्न भएको छ ।

कम्युनिस्टहरूको गलत नीति र दुई तिहाइको दम्भले गर्दा अर्थतन्त्रमा समस्या परेको हो । अर्थतन्त्रमा संकट देखिएपछि अर्थमन्त्री डा.युवराज खतिवडाले आकस्मिक बैठक गरेका छन् ।

व्यवसायीहरूले नेपाली कांग्रेसको सरकारका पालामा यस्तो संकट नआएको बताउने गरेका छन् । उनीहरूले अर्थतन्त्रको संकट हटाउन कम्युनिस्ट सरकारसँग माग गरेका छन् ।

अर्थमन्त्री डा. खतिवडाले मंगलबार सिंहदरबारस्थित मन्त्रालयमै छलफल गरेका छन् । वृद्धि, व्यवसायीको आन्दोलन र विदेशी लगानी तथा अनुदानमा आएको गिरावटबारे अर्थ मन्त्रालयले राष्ट्र बैंक तथा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरद्वय र अन्य पदाधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल बैंकर्स संघका पदाधिकारीलाई बोलाएको थियो ।

बैठकमा निजी क्षेत्रका प्रतिनिधिसँग सुझाब माग्दै अर्थमन्त्रीले समस्या समाधान गर्न निर्देशन दिएको अर्थ मन्त्रालयका सल्लाहकार रामशरण खरेलले जानकारी दिएका छन् ।

बैंकहरूले ब्याज बढाएको विरोधमा सुर्खेत उद्योग वाणिज्य संघले बैंक बहिष्कार गर्ने निर्णय गरेको छ । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलका अनुसार बैंकहरूले अनियन्त्रित ढंगले ब्याज बढाएको विरोधमा माघ २४ गते सम्पूर्ण उद्योगी व्यवसायीहरूले कुनै पनि बैंकिङ कारोबार नगर्ने भएका छन् ।

आन्तरिक स्रोतको परिचालनले मात्र उच्च आर्थिक वृद्धिदर हासिल हुँदैन । त्यसैले बाह्य स्रोत परिचालन र प्रवद्र्धनमा समेत ध्यान दिनुपर्छ । त्यसलाई सहजीकरण गर्न म सबै सरोकारवालालाई निर्देशन दिन्छु ।

Published : Wednesday, 2019 February 6, 11:14 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया