कम्युनिस्ट सत्ताको आडमा सुवास नेम्वाङको दादागिरि

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता एवम् संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङले शक्तिको दुरुपयोग गरेको खुलासा भएको छ ।

नेम्वाङले संविधानसभा अब कहिल्यै आउन नसक्ने वा ब्यूतिन नसक्ने भन्दै आफू नै पहिलो अन्तिम अध्यक्ष भएको भन्दै सुविधा लिने गरेका छन् । स्रोतका अनुसार सत्ताको आडमा नेम्वाङले संसद सचिवालयबाट सुविधा लिने गरेका हुन् ।

नेकपाका संसदीय दलका उपनेता नेम्वाङलाई संसद सचिवालयले संसदभित्रै संविधानसभाको अध्यक्षको हैसियतले अलग कुर्सीको व्यवस्था गरिदिएको थियो । नेम्वाङको दबाबमा संसद सचिवालयले सत्ता पक्षका सांसदहरू बस्ने बेञ्चको लाइनमा अगाडि बस्ने कुर्सीको व्यवस्था गरिदिएको छ ।

नेकपा संसदीय दलको उपनेता समेत रहेका नेम्वाङले दलको उपनेता र संविधानसभाको पूर्व सभामुखको हैसियतले सुविधा लिएका हुन् । नेम्वाङको तर्कले संसद सचिवालयकै कर्मचारीहरू चकित परेका छन् ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नेम्वाङको चर्तिकलाको विरोध गर्दै आएको छ । कांग्रेसका एक सांसदले भने,‘सुवासचन्द्र नेम्वाङजीले सत्ताको दुरुपयोग गर्दै संविधान सभाको अध्यक्षको हैसियतबाट अहिले पनि सुविधा लिनु गर्नुभएको छ । संविधानसभा पहिलो र अन्तिम रहेको दाबी गर्दै नेम्वाङले अध्यक्षको हैसियतमा सुविधा लिनु नेपाली जनताको अपमान हो ।’

कांग्रेसका सांसदहरूले कम्युनिस्ट पार्टीका नेताहरू सेवा र सुविधा तथा मानका खातिर कति भोका हुन्छन् भन्ने कुराको प्रमाण नेम्वाङले दिएको आरोप लगाउँछन् । संसदीय दलको उपनेताको हैसियतमा सुविधा लिइरहेका नेम्वाङले तत्कालीन एमालेबाट संसदमा प्रतिनिधित्व गर्छन् । उनी इलाम जिल्लाबाट निर्वाचित भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिने नेम्वाङले लगातार तीन कार्यकाल सभामुख र अध्यक्षको जिम्मेवारी बहन गरेका छन् । नेम्वाङमा देखिएको पद र सत्ताको भाकलाई लिएर धेरैले आलोचना गर्दै आएका छन् ।

नेम्वाङले जस्तै पद र शक्तिको दाबी गर्ने हो भने पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि त्यो अधिकार दिनुपर्ने एकजना सांसदले बताए ।

‘सुवासचन्द्र नेम्वाङले आफूलाई पहिलो र अन्तिम संविधानसभाको अध्यक्षको हैसियतले सधै सुविधा लिइरहने हो भने पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि राजाको अधिकार दिइनु पर्छ कि पर्दैन ? । त्यसो भए पूर्वराजा पनि अन्तिम राजा हुन् ।’

सुविधा लिनका लागि नेम्वाङले देखाएको हदैसम्मको कार्यले धेरै इमान्दार राजनीतिज्ञहरूको शिर झुकेको चर्चा हुने गरेको छ । (यूनाइटेड पोष्ट साप्ताहिकबाट)

Published : Thursday, 2019 February 7, 8:20 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया