कांग्रेसको सानदार जित, घोराहीमा कम्युनिस्टहरूको पत्तासाफ

घोराही । दाङ जिल्लाको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई हराउँदै नेपाली कांग्रेस निकटको प्रजातान्त्रिक समूहले क्वीन स्वीप गरेको छ ।

आइतबार बिहान सम्पन्न मत परिणामअनुसार नेपाली कांग्रेस निकटको प्रजातान्त्रिक समूह अत्याधिक मतसहित विजयी भएको हो । प्रजातान्त्रिक समूहबाट देवीबहादुर डिसीको समूह निर्वाचनमा उत्रिएको थियो ।

डिसीको समूहले नेकपा निकटको प्रगतिशील समूहलाई हराएसँगै दाङमा कम्युनिस्टहरू ओरालो लाग्न थालेको चर्चा हुन थालेको छ ।

प्रगतिशील समूहबाट अध्यक्षमा गणेशप्रसाद श्रेष्ठको नेतृत्वमा उम्मेदवार बनेका थिए । प्रगतिशीलका श्रेष्ठले प्रजातान्त्रिक समूहका डिसीको मतभन्दा आधा पनि कटाउन सकेनन् ।

प्रजातान्त्रिक समूहबाट अध्यक्षमा उम्मेदवार बनेका डिसीले १९९६ मतसहित विजयी भएका छन् । प्रगतिशील समूहका श्रेष्ठले जम्मा ९७६ मत पाएका थिए ।

प्रजातान्त्रिक समूहबाट उपाध्यक्षमा भरतमणि पाण्डे, सचिवमा सुजन पाण्डे, ध्रुब केसी कोषाध्यक्ष, सदस्यहरूमा धमेन्द्र श्रेष्ठ, नारायण भण्डारी, यशोदादेवी पाण्डे, खुमा खड्का थापा मगर र लक्ष्मीसिंह ठकुरी निर्वाचित भएका छन् ।

प्रगतिशील समूहबाट उपाध्यक्षमा मधुसुदन शर्मा अर्याल, सचिवमा निर्मल गौतम, कोषाध्यक्षमा नरबहादुर बुढाथोकी, सदस्यमा दुर्गा खत्री, दिलिप खनाल, विष्णु कालाथोकी, भुमा चौधरी र मनकुमार पुन पराजित भएका छन् ।

प्रगतिशील समूहलाई विजयी गराउन सभामुख कृष्णबहादुर महरा, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले ठूलो प्रयास गरेका थिए । उनीहरूले प्रगतिशील समूहलाई जिताउन प्रयास गरे पनि प्रजातान्त्रिक समूहले कम्युनिस्टहरूलाई घोराही खानेपानीमा नराम्रोसँग पराजित गरिदिएका छन् ।

Published : Sunday, 2019 February 10, 10:22 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया