मेडिसिटीले पूर्वमन्त्रीको गलत उपचार गरेपछि…, अर्को अस्पतालले बचाइदियो ज्यान

काठमाडौं । उपेन्द्र महतोको लगानी रहेको ललितपुरको नेपाल मेडिसिटी अस्पतालले पूर्वमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको गलत उपचार गरेका कारण झन् थला परेको खुलासा भएको छ ।

नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले मेडिसिटी अस्पतालले पूर्वमन्त्री अधिकारीको गलत उपचार गरेको आरोप लगाएका हुन् । मेडिसिटीले उपचार गर्न नसकेपछि नेता अधिकारीलाई काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ ।

‘भरतमोहन अधिकारी ह्याम्पस अस्पतालमा सारिनुभएको छ । सानेपाबाट नजिक हुनाले उहाँ मेडिसिटी अस्पताल भर्ना हुनुभयो । केही दिनपछि डिस्चार्ज गरिनुभयो । पुनः स्वासप्रस्वास लगायत विभिन्न समस्या देखियो र मेडिसिटीमै भर्ना हुनुभयो’, थापाले फेसबुकमा लेखेका छन्, ‘एक महिना उपचार गर्दा समेत ‘२० को १९’ नभएपछि उहाँलाई ह्याम्स अस्पतालमा सारिएको छ ।’

‘डा.भगवान कोइराला, डा.मनबहादुर केसी र डा.अर्जुन कार्की लगायत देशले भरोसा गरेका र उहाँको स्वास्थ्य समस्याबारे पूर्व जानकार विशेषज्ञहरूको उपचारले उहाँ शीघ्र निको भएर घर फर्किनुहुने विश्वास छ’, केन्द्रीय सदस्य थापाले भनेका छन् ।

‘वितेको १ महिनाको अवधिलाई विचार गर्दा मेडिसिटीले उहाँको उपचारमा घोर लापरबाही र गैरजिम्मेवार रबैया प्रदर्शन गरेको अनुभूति जोकोहीलाई भएको छ’, उनले भनेका छन्, ‘फोक्सोमा जमेको कफसमेत ननिकाली अस्पतालमा के उपचार गरिएको होला ? कुनै सूचना वा उपचार बुलेटिन ननिकालिएकाले केही भन्न सकिएन ।’

‘८२ वर्षीय वरिष्ठ राजनीतिज्ञ र जनताका प्रिय पूर्व अर्थमन्त्रीको उपचारबारे आवधिक रूपमा जनतालाई नै जानकारी गराउनु पर्नेमा परिवारजनलाई नै गुमराहमा राख्ने अस्पतालको कस्तो जवाफदेहीपन होला ? बुझ्न गाह्रो पर्‍यो’, नेकपाका केन्द्रीय सदस्य थापाले भनेका छन् ।

‘खासमा यो अस्पताल कसको हो ? भरतमोहन अधिकारीको त यो हबिगत बनाइन्छ भने सर्वसाधारणले यहाँ कुन हालत भोगिरहनु परेको होला ?’, उनले प्रश्न गरेका छन् ।

व्यवसायी उपेन्द्र महतोको लगानी रहेको मेडिसिटी अस्पतालले राम्रो उपचार गर्न नसकेको भनेर पछिल्लो समय आलोचना बढ्दै गएको छ । मेडिसिटीमा उपचार मूल्य पनि अत्याधिक महँगो रहेको जनाइएको छ ।

मेडिसिटी अस्पतालका जनरल म्यानेजर विजय रिमालले पूर्वमन्त्री अधिकारीको उपचारमा कुनै पनि कसर बाँकी नराखिएको बताए छन् ।

‘भरतमोहन अधिकारीज्यूकै परिवारले उहाँलाई अर्को अस्पतालमा लगेर जानुभएको हो । मुटुको उपचार गराउन आउनु भएको थियो’, रिमालले भनेका छन्, ‘हाम्रो अस्पतालमा सबै उपचार गरिएको थियो ।’

मडिसिटीमा उपचार गर्न पुगेको बिरामी अर्को पटक फकेर जाँदैन भन्नेहरू धेरै भेटिएका छन् ।

Published : Sunday, 2019 February 10, 1:26 pm

1 प्रतिकृया प्राप्त “मेडिसिटीले पूर्वमन्त्रीको गलत उपचार गरेपछि…, अर्को अस्पतालले बचाइदियो ज्यान”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया