कम्युनिस्ट पार्टीकी यी मेयरले सकिन् रक्सी र मासुमै ६३ लाख

धरान । धरान उप–महानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारीले पर्यटन विकासको लागि छुट्याइएको ठूलो रकम हिनामिना र दुरुपयोग गरेको खुलासा भएको छ ।

भण्डारीले लाखौँ रुपियाँ आफन्त र कर्मचारीहरूलाई रक्सी र मासु खुवाएर सकेको खलासा भएको हो ।

तत्कालीन एमालेबाट उपमेयरमा विजयी भएकी भण्डारीले केही समय अगाडि उपमहानगरपालिकको बजेटमा ३० जनाको जम्बो टोली लगेर भारत भ्रमण गरेकी थिइन् ।

कार्यबाहक मेयर भण्डारीले ६३ लाख २५ हजार तीन सय ७० रुपियाँ मदिरा र मासुभात शीर्षकमा स्वाहा पारेकी छिन् । उपमहानगरपालिकाले उक्त बजेटबाट पर्यटक प्रवद्धनको कुनै पनि काम भने गरेको छैन ।

पर्यटन शीर्षकमा उपमहानगरपालिकाले ६६ लाख ३० हजार तीन सय ७० रुपियाँ खर्च गरेको लेखा अधिकृत भेषराज अधिकारीले बताएका छन् ।

उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि पर्यटन विकास उपशाखासंग स्थानीय विभिन्न संघ संस्थाले तीन लाख पाँच हजार रुपियाँको मात्र कार्यक्रमको सम्झौता गरेको स्रोतले जनाएको छ ।

पर्यटन विकासलाई भनेर धरान उपमहानगरले चालु आर्थिक वर्षका लागि एक करोड रुपियाँ छुट्याएको छ । छुट्याइएको मध्ये ६६ लाख ३० हजार तीन सय ७० रुपियाँ खर्च भैसकेको छ ।

कम्युनिस्ट पार्टी निकटका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अन्य रकम आफू खुसी पाटी र भोजको आयोजना गरेर सकिएको छ ।

कार्यबाहक मेयर भण्डारीले धरानको ईजी राइर्डस होटेलमा छ लाखभन्दा बढीको मदिरा पाटी गरेकी छिन् । पाटीमा सहभागीलाई वास्र्टनर वियर, रुस्लान भोट्का र मासु भात खुवाइएको छ ।

धरान उपमहानगरले इलाम नगरपालिकासंग भगिनी सम्बन्ध गाँस्न जाँदा १० लाख भन्दा बढी रकम मदिरा सेवन र मासुभातमा खर्च गरेको स्रोतले जनाएको छ ।

धरानमा आयोजना गरिएको चिया महोत्सवमा आएका पाहुनालाई धरान स्विमिङ पुलमा आयोजना गरिएको मदिरा पाटीको दुई लाख २१ हजार रुपियाँ धरान किचन होटेललाई पर्यटन विकास बजेटबाट भुक्तानी गरिएको छ ।

स्विमिङ पुलमा आयोजना गरिएको पाटीमा वल्र्ड दरबार र मासु भात खुवाइएको थियो ।

पर्यटन विकास समितिका सह–संयोजक किशोर थुलुङ र धरान उपमहानगरका तत्कालिन प्रेस संयोजक योगेशबावु काफ्लेले भेडेटारसम्मको पदयात्रा सम्भावना र पहिचानका क्रममा लोकल रक्सी र कुखुराको भाले खाएको ३० हजार छ सय २५ रुपियाँ उपमहानगरपालिकाले भुक्तानी गरेको छ ।

धरानका जनप्रतिनिधिहरुले देश विदेश भ्रमण गरेवापत १३ लाख ४१ हजार ९ सय ३२ रुपियाँ खर्च गरिसकेका छन् ।

धरान उपमहानगरपालिकाका मेयर स्व. तारा शुब्बा र उपमेयर मञ्जु भण्डारीले श्रीलंका, थाईल्यान्ड, हङ्कङ र भारत भ्रमण गरे वापत आठ लाख ७० हजार रुपियाँ खर्च गरेको उपमहानगरका लेखाअधिकृत अधिकारीले जानकारी दिएका छन् ।

Published : Monday, 2019 February 11, 12:09 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया