गाउँका कार्यकर्तासँग डराए कांग्रेसका यी केन्द्रीय सदस्यहरू

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरू गाउँ कमिटीको बुथबाट महाधिवेशन प्रतिनिधि बन्ने प्रावधान राख्नबाट हिच्किचाएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने सदस्यहरूले केन्द्रीय सदस्यहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था राख्न दवाव दिइरहेका छन् ।

कांग्रेसको महासमिति बैठकले केन्द्रीय सदस्यहरूलाई पनि गाउँ बुथबाट आउनुपर्ने प्रस्ताव गरेको थियो । केन्द्रीय नेताहरूले त्यो सुझावलाई मन पराएका छैनन् ।

अरू महाधिवेशन प्रतिनिधिजस्तै केन्द्रीय सदस्य पनि निर्वाचित भएर आउने कि स्वतः हुने भन्नेमा विवाद देखिएको छ । संस्थापन पक्षका अधिकांश नेता केन्द्रीय सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउनुपर्छ भन्नेमा छन् ।

नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरूले केन्द्रीय सदस्यलाई असीमित अधिकार दिन नहुनेमा लबिङ गरिरहेका छन् ।

शंकर भण्डारी, मीन विश्वकर्मा, चीनकाजी श्रेष्ठ, हरि नेपालले केन्द्रीय सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि हुन दिनुपर्ने माग गरेका छन् ।

अर्जुननरसिंह केसी, प्रदीप पौडेल, डा.मीनेन्द्र रिजाल, नवीन्द्रराज जोशी र दिलेन्द्रप्रसाद बडूले केन्द्रीय सदस्यहरू पनि निर्वाचित भएर आउनुपर्नेमा माग गरेका छन् ।

रिजाल, पौडेल र केसीले पार्टीको संरचना नबनेका ठाउँमा संरचना बनाएर पार्टीलाई सक्रिय बनाउनुपर्ने, केन्द्रदेखि प्रदेश, स्थानीय तह वडासम्म प्रतिपक्षीय भूमिकालाई प्रभावकारी बनाउने गरी सांगठनिक संरचना बनाउने र पार्टीलाई परिचालन गर्नुपर्नेमा जोड दिएका छन् ।

Published : Tuesday, 2019 February 12, 12:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया