काठमाडौंमै पूर्वएमालेका वडाध्यक्षले गरे शिर निहुरिने कार्य, रातारात भाइरल

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर एकका वडाध्यक्ष भरतलाल श्रेष्ठले बैठक भत्ताका नाममा बीस लाख रुपियाँ झ्वाम पारेको खुलासा भएको छ ।

तत्कालीन नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित श्रेष्ठले बैठक नै नराखेर साढे एक वर्षमा बीस लाख रुपियाँ बैठक भत्ताका नाममा झ्वाम पारेका हुन् । बीस महिनादेखि बैठक नै बसेको छैन ।

टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ले काठमाडौं महानगरपालिका वडा नम्बर एकका वडाध्यक्ष श्रेष्ठको चर्तिकलाको भण्डाफोर गरिदिएको छ । वडाध्यक्ष श्रेष्ठले बीस लाख बैठक भत्ताका नाममा खर्च भएको स्वीकार गरे पनि बैठक बसेको दाबी गरेका छन् ।

वडा नम्बर १ की वडा सदस्य मीना सुनारले बीस महिनादेखि एक पटक पनि बैठक नबसेर बैठक भत्ताका नाममा २० लाख रुपियाँ खर्च भएको जानकारी दिइन् ।

आफूलाई निर्णय पुस्तिकामा हस्ताक्षर गर्न बोलाएर भत्ता दिने गरेको सदस्य सुनारले बताइन् । पछिल्लो समय बैठक नै नबसेर बैठक भत्ता नलिने अडान वडा सदस्य सुनारले लिएकी छिन् ।

वडा सचिव जानुका सिंहले पनि बैठक भत्ताका नाममा २० लाख रुपियाँ खर्च भएको स्वीकार गरेकी छिन् । ‘अहिलेसम्म बैठक भत्ताको नाममा बीस लाख रुपियाँ खर्च भएको छ’, वडा सचिव सिंहले भनिन्, ‘अहिलेसम्म बैठक बसेको छैन । बैठक नै नबसेर वडाध्यक्ष र सदस्यहरूले बैठक भत्ता लिनुभएको छ ।’

वडामा एकजना वडाध्यक्ष र चार जना सदस्य रहन्छन् । वडा सदस्य मीना सुनारले बैठक नै नबसेर बैठक भत्ता बुझ्न अस्वीकार गरेकी छिन् । सदस्य सुनारले बैठक भत्ता बुझ्न नमानेपछि अर्का वडा सदस्य राजकुमार श्रेष्ठले पनि निर्णय पुस्तिकामा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

Published : Wednesday, 2019 February 13, 6:43 pm

2 प्रतिकृया प्राप्त “काठमाडौंमै पूर्वएमालेका वडाध्यक्षले गरे शिर निहुरिने कार्य, रातारात भाइरल”

  • कामै नगरी १८ महिना को सुबिधा बापतको तलब,भत्ता सदस्य महानुभाव हरुले कुम्ल्याई सकेका रहेछन त्यो रकम ईमान्दारी पुर्बक फिर्ता गर्ने हिम्मत गरे अति राम्रो त्यसो गरे कसो होला ?

  • का.म.पा.१ वडामा मात्र होइन सबै वडा कार्यालयहरुमा यो रोग छ होला

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया