प्रचण्डलाई जेल जाने डर, अग्निसँग गोप्य परामर्श

काठमाडौं । अमेरिका र पश्चिमा राष्ट्रहरू (युरोपियन युनियन)ले माओवादी पृष्ठभूमि भएका नेताहरूमाथि निगरानी बढाएका छन् ।

माओवादीको सशस्त्र द्वन्द्व अर्थात कथित जनयुद्धका बेला सर्वसाधारण जनतालाई हत्या गरेको विषयमा अमेरिका र पश्चिमा राष्ट्रहरूले माओवादी नेताहरूमाथि निगरानी बढाएको स्रोतले जनाएको छ ।

भेनेजुएला प्रकरणमा नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ति जारी गरेपछि अमेरिका र युरोपियन युनियनको ‘पारो’को लेबल माथि चढेको छ । यो प्रकरणले माओवादी पृष्ठभूमि भएका नेकपाका केन्द्रीय नेताहरू निगरानीमा परेका हुन् ।

प्रचण्डले खुमलटारस्थित आफ्नो निवासमा हुने गोप्य बैठक र भेलाहरूमा अमेरिका र युरोपियन युनियनले माओवादी पृष्ठभूमि भएका नेताहरूलाई दुःख दिन थालेको गुनासो गर्ने गरेका छन् ।

नेकपाका नेता अग्नि सापकोटासँग केही दिन अगाडि प्रचण्डले अमेरिका र युरोपियन युनियनको गतिविधिका बारेमा कुराकानी गरेका थिए । अमेरिका र युरोपियन युनियनले हदैसम्म दुःख दिन थालेको भन्दै आक्रोश जनाएका थिए । नेकपाका नेता सापकोटा पक्राउ परिने डरले नेपाल छाडेर विदेश भूमिमा टेक्दैनन् ।

स्रोतका अनुसार प्रचण्डले अमेरिका र युरोपियन युनियनसँग सम्बन्ध सुधार गरेर पत्नीलाई लिएर केही समय विदेश भ्रमणमा निस्कने योजना बनाएका छन् । प्रचण्डले पत्नी सीता दाहाललाई अमेरिकामा लगेर उपचार गर्न पाए केही हुन्थ्यो कि भनेर पनि सापकोटासँग परामर्श गरेको स्रोतले जनाएको छ ।

तर, विदेश गएका बेला मानवअधिकार र सशस्त्र द्वन्द्वको कुरा उठाएर पक्राउ गर्ने हो कि भन्ने प्रचण्डलाई ठूलो डर छ ।

बेलायतले नेपाली सेनाका कुमार लामालाई पक्राउ गरेर कारबाही चलाएपछि माओवादीका नेताहरू सर्तक छन् । उनीहरू खासै विदेश जान मन गर्दैनन् ।

केही समय अगाडि नेकपाका नेता तथा माओवादी पृष्ठभूमि भएका नेता देबेन्द्र पौडेल अमेरिका पुगेर आएका थिए ।

पौडेलले कसरी अमेरिकासँग सेटिङ मिलाए भनेर प्रचण्डले अग्नि सापकोटासँग जिज्ञासा राखेको उच्च स्रोतले जनाएको छ । (यूनाइटेड पोष्ट साप्ताहिकबाट)

Published : Thursday, 2019 February 14, 11:30 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया