कम्युनिस्ट सांसदद्वारा काठमाडौंमा घर र गाडी माग

काठमाडौं । सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद बिना पोखरेल राजधानीमा बस्नका लागि घर र सवारी साधनको माग गरेकी छिन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै नेकपाकी सांसद पोरखेलले काठमाडौंमा बस्नका लागि सांसदहरूलाई घरको व्यवस्था गर्नै पर्ने बताइन् ।

‘सांसदहरूलाई काठमाडौंमा बस्न समस्या भएको छ । घर दिन नसकेपछि फ्ल्याट बनाइदिनुपर्छ’, उनले भनिन्, ‘संसद आउन र जानका लागि यातायातको साधन दिनुपर्छ । बसको व्यवस्था हुनुपर्छ ।’

नेकपाकी सांसद पोखरेलले मन्त्रीहरूलाई जस्तो ठूलो घर र गाडी नदिए पनि फ्ल्याट र बसको व्यवस्था छिटोभन्दा छिटो गर्न माग गरिन् ।

कम्युनिस्ट सरकारले राष्ट्रपतिलाई विलाशी गाडी, हेलिकप्टर र जग्गाको व्यवस्था गरेको भनेर आलोचना भैरहेका बेला नेकपाका सांसदहरूले सुविधा माग गरेका छन् ।

Published : Thursday, 2019 February 14, 12:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया