कम्युनिस्टहरूसँग भिड्न तरुण दलको तयारी शुरु, धमाधम प्रशिक्षण

काठमाडौं । नेपाल विद्यार्थी संघले संगठनको नाम बद्नाम गरिरहेका बेला नेपाली कांग्रेसको अर्को भातृ संगठन नेपाल तरुण दलले आफ्नो सांगठनिक कामलाई अगाडि बढाएको छ ।

नेपाल तरुण दल काठमाडौं महानगरपालिकाद्वारा शुक्रबार काठमाडौंमा दुई दिने नेतृत्व विकास एवम् क्षमता अभिबृद्धि कार्यक्रम आयोजना गरिएको छ । काभ्रेको बनेपामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेताद्वय नविन्द्रराज जोशी र धनराज गुरुङले प्रशिक्षण दिएका छन् ।

कम्युनिस्टहरूले दुई तिहाइ बहुमतको आडमा निरंकुशता र अधिनायकवाद लाद्न थालिरहेका बेला नेपाल तरुण दलले प्रशिक्षण लगायतका जनप्रदर्शनहरू गर्दै आएको छ । तरुण दलले आगामी दिनमा कम्यनिस्टहरूसँग भिड्ने आफ्नो पहिलो कार्यका रुपमा लिँदै आएको छ ।

प्रशिक्षण कार्यक्रमको उदघाटन नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गरेका हुन् । उदघाटन कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीसहितका नेताहरूको सहभागिता रहेको थियो ।

Published : Friday, 2019 February 15, 10:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया