गंगामाया अन्तर्राष्ट्रिय अदालत जाने, छुट्ने भयो प्रचण्डलाई पसिना

काठमाडौं । गंगामाया अधिकारीले राहदानी बनाएपछि पूर्वमाओवादी नेताहरूलाई तनाव उत्पन्न भएको छ ।

माओवादीले चितवनमा अपहरण गरेर छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरेपछि कारबाहीको माग गरेर गंगामाया र उनका पति नन्दप्रसाद अधिकारी अनशन बसेका थिए । अनशनकै क्रममा नन्दप्रसाद अधिकारीको मृत्यु भएको थियो ।

नन्दप्रसाद अधिकारीको शव अहिले पनि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छ ।

माओवादीले छोराको हत्या गरेपछि न्यायका लागि अहिले पनि संघर्षरत गंगामायाले आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाएकी छिन् ।

गंगामायाले राहदानी बनाएको विषयलाई पूर्वमाओवादी नेताहरूले रहस्यका रुपमा लिएका छन् । कारबाहीको माग राखेर अन्तर्राष्ट्रिय अदालतमा मुद्धा हाल्न जानका लागि गंगामायाले राहदानी भएको भनेर चर्चा चलेको छ ।

गंगामाया अन्तर्राष्ट्रिय अदालत जाने भएपछि नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका माओवादी नेताहरूलाई तनाव उत्पन्न भएको छ ।

गंगामायाले छोराका हत्याराहरूलाई कारबाही नभएको र उचित न्याय नपाएको तथा हत्यामा संलग्नहरूलाई छाडिएको बताउँदै आएकी छिन् ।

उनले न्यायका लागि अन्तर्राष्ट्रिय समुदाय गुहार्नका लागि राहादानी बनाएकी हुन् । गंगामायाको राहदानीका लागि अधिवक्ता ओमप्रकाश अर्याल र सुरेन्द्र भण्डारी लगायतको समूह जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको थियो ।

गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा पक्राउ परेका मुख्य आरोपी छविलाल तिवारीसहित १२ जनाले अदालतबाट सफाइ पाइसकेका छन् ।

गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको ०६१ सालको जेठ २४ गते चितवनको रत्ननगरमा आफन्त भेट्न गएका बेला तत्कालीन माओवादीले हत्या गरेका थिए ।

Published : Sunday, 2019 February 17, 8:36 pm

2 प्रतिकृया प्राप्त “गंगामाया अन्तर्राष्ट्रिय अदालत जाने, छुट्ने भयो प्रचण्डलाई पसिना”

  • नेपाल का राजनैनिक दल र सरकारले युद्वमा पिडित ब्यक्तिलाई न्याय दिदिन नसकेको चरम बेवास्ता का कारण गंगामायाले अाज अन्तर्राष्ट्रिय फफाैजदारि अदालत धाउनु परेकाे हाे।हेर्दै जानुस गंगामायालखाेलेकाे ढाेका बाट कति धेरै पिडित पस्दैछन।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया