कम्युनिस्ट सरकारविरुद्ध भोजपुरमा जाग्यो कांग्रेस, स्वागत गर्न आतुर गाउँका जनता

भोजपुर । भोजपुरमा नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको दैनिक क्रियाकलापलाई लिएर जनतामाझ जागरण अभियान थाल्ने भएको छ ।

कम्युनिस्ट सरकारले तानाशाही प्रबृति देखाएको भन्दै कांग्रेसले भोजपुरका दुई नगरपालिका र ७ गाउँपालिकामा जागरण अभियान चलाउन लागेको हो । कांग्रेसको कम्युनिस्ट विरोधी अभियानलाई गाउँका जनताले भव्य स्वागत गर्न आतुर भएर बसेको भोजपुर कांग्रेसका सभापति नन्दमणि राईले जानकारी दिए ।

नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तमकुमार चापागाइँले कम्युनिस्ट सरकारको असली व्यवहार जनतामा छर्लङपार्न आवश्यक भएकाले जिल्लाभरि कम्युनिस्ट सरकारको अधिनायकवाद विरोधी अभियान चलाउने निर्णय गरेको बताए ।

चापागाइँले भने, ‘सरकारले अफवाह फैलाइरहेको छ । तर, गाउँका जनताले त्यो कुरा बुझेका छैनन् । त्यसैले हामीले अब जे भएको छ त्यो जनतामा यथार्थरुपमा देखाउनु छ ।’

‘जनजनमा कांग्रेस मनमनमा कांग्रेस’ भन्ने भावका साथ फागुन १६ गतेदेखि फागुन २७ गतेसम्म नेपाल तरुण दल जिल्ला समिति भोजपुरको आयोजना अभियान चल्ने भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस भोजपुर पार्टी सभापति नन्दमणि राई, युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष चापागाइँ, भोजपुर नगरपालिकाका मेयर एवम् कांग्रेसका नेता कैलाशकुमार आले लगायत अन्य नेताहरूको उपस्थिति रहनेछ ।

कार्यक्रम तालिका

फागुन १६ हतुवा गडी गाउँपालिका, घोडेटार

फागुन १७ आमचोक गाउँपालिका, बालन्खा

फागुन १८ रामप्रसाद राई गाउँपालिका, बैकुण्ठे

फागुन १९ षडानन्द नगरपालिका, दिङ्ला

फागुन २० साल्पा सिलिछो गाउँपालिका, चौकी डाँडा

फागुन २३ अरुण गाउँपालिका, पाउली

फागुन २४ पौवा दुम्बा गाउँपालिका, च्याङे

फागुन २५ ट्याम्के मयु गाउँपालिका, कोट

फागुन २७ भोजपुर नगरपालिका, भोजपुर बजार

Published : Monday, 2019 February 18, 9:49 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया