‘टीके अध्यक्ष’ नपाए काफ्ले समूहले अर्को नेविसंघ बनाउने

काठमाडौं । विघठित नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री कुन्दनराज काफ्लेले अब बन्ने नयाँ ‘टीके’ कार्यसमितिमा आफूहरूको सुनिश्चितताको माग गरेका छन् ।

काफ्ले समूहले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अब बन्ने नेविसंघको कार्यसमितिमा ११औँ महाधिवेशनमा रहेको आफूहरूको समूहको संख्याअनुसारको स्थान दिइनुपर्ने बताए ।

पत्रकार सम्मेलनमा काफ्लेले आफूले महामन्त्री पदमा सबैभन्दा धेरै मत पाएको बताए । उनले भने, ‘हाम्रो समूहको तर्फबाट मैले महामन्त्री पदमा १७८५ मत पाएको थिएँ । सोही मतको आधारमा अध्यक्ष र बहमुत सदस्य दिनुपर्छ ।’

नेविसंघ विघठन भएपछि काफ्ले समूह आफूहरूको भविष्यलाई लिएर तनावमा छ ।

काफ्ले समूहलाई नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, गगन थापा, प्रदीप पौडेलको समर्थन छ ।

स्रोतका अनुसार ‘टीके’ अध्यक्ष नपाए काफ्ले समूहले नेविसंघको समानान्तर कार्यसमिति बनाउनेसम्मको तयारी गरेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले बानेश्वरमा आफू निकटका विद्यार्थी नेताहरूको गोप्य भेला गरेर सभापति शेरबहादुर देउवाले आफू निकटको विद्यार्थी नेतालाई अध्यक्ष बनाएमा समानान्तर समिति बनाउन कुन्दनराज काफ्लेलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।

Published : Monday, 2019 February 18, 1:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया