गायक शर्मालाई कांग्रेसका सांसद सिंहले नगद पुरस्कार दिने

काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकमार सिंहले जनताको भावनाअनुसार गाउने गायकको गीतलाई कम्युनिस्ट सरकारले प्रतिबन्ध लगाएकोमा आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै संसद सिंहले जनताको भावनाअनुसारको गीत गाउने गायक पशुपति शर्मालाई फागुन महिनाको तलवबाट २५ हजार नगद पुरस्कार दिने घोषणा गरे ।

‘दुई तिहाइको बहुमत भएको सरकारविरुद्ध त्यस्तो गीत गाउन पाइन्छ ? त्यो गायकको मुखमा ताला लगाइदिनुपर्छ । गीत सुन्ने जनताको कान बन्द गरिदिनुपर्छ । कानमा मरकरी वा सिसा पगालेर राखिदिनुपर्छ’, उनले भने ।

‘जनताको भावनाको सम्मान गर्दैन भने सरकारलाई जनताले पनि सम्मान गर्दैनन्’, सांसद सिंहले भने, ‘यो सरकार गणतन्त्र र लोकतन्त्रको भावना जान्न सक्दैन ।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद झपटबहादुर रावलले गायक पशुपति शर्माको गीतको आलोचना गरे । उनले कांग्रेसले गायक शर्मालाई उचालको भन्दै कांग्रेसविरुद्ध गीत गाए शर्मालाई एक महिनाको तलव दिने घोषणा गरेका छन् ।

Published : Monday, 2019 February 18, 1:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया