कम्युनिस्टहरूलाई खुसी बनाउन नसक्दा न्यायाधीशको पद फुत्कियो

काठमाडौं । अन्यायमा परेका सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपकराज जोशीले अन्त्यमा राजीनामा दिएका छन् ।

जोशीले मंगलबारदेखि लागू हुने गरी प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामार्फत् राजीनामा बुझाएका हुन् ।

प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ समितिले जोशीलाई अस्वीकृत गरेको थियो । प्रधानन्यायाधीश राणाले उनलाई पुस १७ गतेदेखि इजलास तोकेका थिएनन् ।

संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिश गरेका जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जोशीबारे विवाद रहेकाले प्रधानन्यायाधीशमा अस्वीकृत गरिएको बताएको थियो ।

नेकपा सांसद योगेश भट्टराईले जोशीको आचरण र इमान्दारिताबारे सोधिएको प्रश्नमा उनले सन्तोषजनक जवाफ दिन नसकेको बताएका थिए । कम्युनिस्टहरूले नरुचाएकै कारण जोशी सक्षम हुँदा हुँदै पनि अन्यायमा परेको आरोप छ ।

जोशीको शैक्षिक प्रमाणपत्र पनि विवाद उत्पन्न भएको थियो । त्यसबाहेक उनले गरेका कतिपय अन्तरिम आदेश र फैसलामा पनि प्रश्न उठेको थियो ।

Published : Tuesday, 2019 February 19, 12:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया