नेपालका शिक्षित वर्गमाथि ‘रअ’को लगानी

काठमाडौं । बंगलादेशको अनलाइन मिडिया ‘दि रनर न्यूज डट नेट’ले नेपालका शिक्षित वर्गमाथि भारतीय गुप्तचर निकाय ‘रअ’ (रिसर्च एण्ड एनालिस्ट विंग)ले लगानी गरिरहेको दाबी गरेको छ ।

सो अनलाइन मिडियाले नेपाली पत्रकार मुकुन्द सुवेदीलाई उदृढ गर्दै सबैजसो पेशामा संलग्न नेपाली शिक्षित वर्गमाथि ‘रअ’ले लगानी गरेको उल्लेख गरेको छ ।

समाचारमा नेपालमा ‘रअ’को नेटवर्कबारे उल्लेख गर्दै शैक्षिक, सामाजिक र धार्मीक संस्थाहरू ‘रअ’का एजेन्टमार्फत सञ्चालन भएको दाबी गरिएको छ ।

नेपालमा रहेको हिन्दूहरूको मुख्य मन्दिर पशुपतिनाथदेखि अन्य महत्वपूर्ण मन्दिरमा रहेका पुजारीलाई समेत ‘रअ’ले चलाइरहेको दाबी गरिएको छ ।

पत्रकार सुवेदीलाई उदृत गर्दै अनलाइनले नेपाललाई ‘रअ’ले कन्ट्रोल गरिरहेको जनाएको छ ।

समाचारमा नेपालका मिडियादेखि शिक्षक, सुरक्षाकर्मी, सामाजिक कार्यकर्ता, गैरसरकारी संस्थादेखि सबैजसो राजनीतिज्ञलाई समेत ‘रअ’ले लगानी गरेको जनाइएको छ ।

समाचारमा पछिल्लो समय विभिन्न शीर्षकमा भारत सरकारले आफ्नो प्रभाव स्थापित गर्न खुल्ला रुपमै आर्थिक तथा अन्य सहयोग गरिरहेको जनाइएको छ ।

भारतीय सेनामा कार्यरत अवकासप्राप्त नेपालीहरूमार्फत पनि ‘रअ’ले नेपालबाट सूचना संकलनको काम गरिरहेको जनाएको छ ।

नेपालमा भारतीय गुप्तचर संस्था ‘रअ’ले राजनीतिक दलका नेताहरूमा भन्दा पनि मिडियामा लगानी गरेको आरोप छ । ‘रअ’ले ठूला र साना मिडियामा आफ्नो बर्चश्व बनाउँदै गएको छ ।

Published : Wednesday, 2019 February 20, 9:21 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया