प्रहरीले पायो प्रशंसा, ठूलो संख्यामा नेपाली महिलाहरूको उद्धार

काठमाडौं । भारतको मणिपुर हुँदै विभिन्न देशमा मानव बेचबिखनका लागि लगिएका १ सय ७९ जना नेपाली नागरिकहरूको उद्धार गरेर नेपाल फिर्ता गरिएको छ ।

भारत मणिपुर हुँदै बर्मा तथा बर्माबाट अबैध तवरबाट अन्य देशतर्फ बैदेशिक रोजगार तथा बेचबिखन गर्ने उद्धेश्यले बिभिन्न मितिमा नेपालबाट लगिएका उनीहरूलाई उद्धार गरेर नेपाल ल्याइएको हो ।

भारत मणिपुरको बिभिन्न स्थान पुगेका ३२ पुरुष र १ सय ४७ महिला गरी १ सय ७९ नेपाली नागरिकहरूलाई उद्दार गरी नेपाल ल्याइएको प्रहरीद्वारा बुधबार साँझ जारी विज्ञप्तिमा उल्लेख छ ।

भारत सरकार तथा स्थानीय संघसंस्था, भारत दिल्लीस्थित नेपाली राजदूताबासको सहकार्यमा उनीहरूलाई गत माघ २३ गते उद्दार गरी नेपाल प्रहरीले मंगलबार झापाको काँकडभिट्टा नाका हुँदै बुधबार काठमाडौं ल्याएको हो ।

उद्धार कार्यमा नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र माइती नेपाल, साथी, पौरखी नेपाल, शक्ति समूह लगायतका संघ संस्थाहरूले आवश्यक सहयोग गर्नुका साथै अस्थायी रुपमा खाने बस्ने सुबिधा समेत प्रदान गरेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको विज्ञप्तिमा जनाएको छ ।

Published : Wednesday, 2019 February 20, 10:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया