पर्सा र बारामा कांग्रेसको पक्षमा घन्कियो नारा (तस्वीर)

वीरगञ्ज । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोइराला परिवारप्रति अक्रोश पोखेका छन् ।

वीरगञ्जमा बुधबार आयोजित पर्सा जिल्लास्तरीय पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले डा.शेखर कोइरालाले जथाभावी बोल्दै हिँडेको आरोप लगाएका हुन् ।

उनले पार्टीको सभापति कोइराला परिवारकै हुनुपर्ने गलत मानसिकता बोकेर डा.शेखर कोइरालाले जथाभावी बोल्दै हिँडेको आरोप लगाए ।

‘नेपाली कांग्रेस जनताको पार्टी हो’, देउवाले भने, ‘कोइरालाबाहेकको व्यक्ति सभापति भएपछि कोइराला परिवार बौलाएको छ ।’

सभापति दउवाले पार्टीमा डा.शेखर कोइरालाको कुनै योदान नरहेको भन्दै कटाक्षसमेत गरेका छन् । ‘उनी कहिले जेल गए ? के योगदान छ पार्टीमा’, सभापति देउवाले भने, ‘कोइराला भन्ने बित्तिकै हुन्छ ?’

देउवाले आफ्नो ओठको खत देखाउँदै भने, ‘मण्डलेले त्यसबेला झण्डै मारेका थिए । हाम्रो टाउको फुट्दा, जेल जाँदा डा.शेखर कोइराला कहाँ थिए ?’

कोइराला परिवारका अहिलेका व्यक्तिहरू २०४६ सालको परिवर्तनपछि राजनीतिमा देखा परेर सुविधामात्र उपयोग गरेको आरोप सभापति देउवाले लगाए ।

उनले आफूहरू जेल बस्दा र टाउको फुटाउँदा डा.शेखर कोइराला भाइस चान्लर बनेर सुविधा दोहन गरेको आरोप लगाए ।

कांग्रेसका सभापति देउवासहितका नेताहरू बारा र पर्सामा पुग्दा स्थानीय नेता तथा कार्यकर्ताहरूले भब्य स्वागत गरेका थिए । उनीहरूले कांग्रेसको पक्षमा नारावाजी गर्दै कांग्रेसका दिन आउन थालेको बताएका थिए ।

Published : Wednesday, 2019 February 20, 10:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया