कम्युनिस्ट सरकारका मन्त्री विष्टका कारण मुलुकलाई ६० अर्ब नोक्सान

काठमाडौं । श्रममन्त्री गोकर्ण विष्ट ठूलो संकटबाट गुज्रिरहेका छन् । केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारमा विष्टसँग धेरै अपेक्षा राखेका थिए ।

ती अपेक्षाहरूलाई विष्टले निरासामा बदलिदिएका छन् । त्यति मात्रै होइन मन्त्री विष्टले सस्तो लोकप्रियता र आफू निकटका व्यवसायीहरूलाई आर्थिक लाभ दिलाउन खोज्ने मुलुकलाई ६० देखि ९० अर्बको नोक्सानी गरेको खुलासा भएको छ ।

मन्त्री विष्टका कारण ६० देखि ९० अर्ब नोक्सानी भएका विषयमा प्रधानमन्त्री ओलीले पनि सार्वजनिक रुपमै असन्तुष्टि जनाइसकेका छन् । यो नोक्सानी नेपालले तत्काल पूरा गर्न सक्ने छैन । विष्टलाई आफ्नै पार्टी निकटका व्यवसायी र नेताहरूले डुबाएको चर्चा श्रम मन्त्रालयमा हुन थालेको छ ।

मलेसियाको रोजगारी रोकेपछि नेपाललाई ६० देखि ९० अर्बको रेमिटेन्स घाटा लागेको हो । विष्ट मन्त्री बनेको दश महिना भएको छ । यो दश महिनामा विष्टले नेपाली कामदारलाई मलेसिया जान रोकेका छन् । नेपाली कामदार रोजगारीका लागि मलेसिया जान नपाउँदा यति ठूलो रेमिटेन्स घाटा लागेकोमा ओलीले समेत चित्त दुखाएका छन् ।

मन्त्री विष्टले मलेसिलयाको रोजगारीको एकलौटी काम गर्न नेकपा निकटका व्यवसायी रघु पुरी र पूजा चन्द ठकुरीलाई दिन खोजेका थिए । त्यो कुरा चालपाएपछि अरु व्यवसायीहरूले बिरोध गरे । त्यति मात्रै होइन रघु पुरी र पूजा चन्द ठकुरीबीच भएका गोप्य बैठकहरूका समाचार समेत बाहिर ल्याइदिए ।

त्यसपछि आत्तिएका मन्त्री विष्टले मलेसियाको रोजगारी एक दुई महिनाभित्र खुल्छ भनेका थिए । उनको एक दुई महिना वितेको पनि धेरै दिन भैसक्यो । तर, मलेसियाको रोजगारी खुल्ने कुनै संकेत छैन ।

मन्त्री विष्टले रघु पुरी र पूजा चन्द ठकुरीको निहीत स्वार्थका लागि काम गर्न खोज्दा रोजगारीका लागि मलेसिया जान चाहने नेपाली युवा र मुलुकलाई रेमिटेन्समा यति ठूलो नोक्सानी भएको हो । अहिले पनि मन्त्री विष्ट रघु पुरी र पूजा चन्द ठकुरीसँग मलेसियाका विषयमा छलफल गर्ने गरेका छन् ।

यी दुईलाई मलेसियाको काम दिनकै लागि अर्का व्यवसायी राम श्रेष्ठलाई मन्त्री विष्टले थुनाएर मुद्धा चलाएका थिए । तर, पाटन उच्च अदालतले व्यवसायी श्रेष्ठलाई सफाइ दिएपछि मन्त्री विष्ट ट्वाँ परेका छन् । उनले मलेसियाका विषयमा हावाको भरमा काम गरेको रहस्य पनि अदालतको फैसलाले बाहिर ल्याइदिएको छ ।

मलेसियामा शून्य लागतमा रोगजारीमा पठाउने विष्टको प्रस्तावलाई मलेसियाको सरकारले स्वीकार गरेको छैन । मलेसियाका साना अनालइनका समाचारलाई आधार बनाएर मन्त्री विष्टले हावाको भरमा मलेसियाको रोजगारी खुल्छ भनेर नेपाली युवाहरूसँग झुठ बोल्दै आएका छन् ।

मलेसियाको रोजागरी खोल्ने भन्दै नेकपाका सांसद तथा पूर्व वैदेशिक रोजगार व्यवसायी एलपी सावाको नेतृत्वमा एउटा संसदीय उपसमितिलाई मलेसिया पठाएका थिए । तर, त्यो समिति पनि खाली हात फिर्ता भएको थियो । त्यसपछि मन्त्री विष्ट झन् निरास बन्दै आएको स्रोतको भनाइ छ ।

Published : Thursday, 2019 February 21, 6:59 am

1 प्रतिकृया प्राप्त “कम्युनिस्ट सरकारका मन्त्री विष्टका कारण मुलुकलाई ६० अर्ब नोक्सान”

  • aba aru kura k garnu sabai bhanda ramro bikapa malaysia rojgar khulanu ramro xa desh lie kharaubau rupiya ghata lagekeko xa.natra bhani desh aarthik sangkat ma gujri sakeko xa. bank ma paisaxiyina. mantri bistalie leyera phayida lina khojekaxan raghupuri

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया