सिटौला समूहका विद्यार्थीद्वारा देउवा–निधिमाथि आक्रमण, सानेपामा भाँडभैलो(भिडियो)

काठमाडौंं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिमाथि कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघका कृृृृष्ण प्रसाद सिटौला समूहका केही कार्यकर्ताले ‘दुर्व्यवहार’ गरेका छन् ।

कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय सानेपा पुगेका निधिलाई विद्यार्थी कार्यकर्ताले ‘दुर्व्यवहार’ गरेका हुन् ।

कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौला समूहका विद्यार्थीले निधिमाथि त्यस्तो ‘हर्कत’ गरेका छन् । विद्यार्थीले सहमहामन्त्री डा‍. प्रकाशशरण महतले आफूहरुमाथि हात हालेको आरोप पनि लगाएका छन् ।

सानेपाबाहिर जम्मा भएका विद्यार्थीले नेताहरुलाई बैठक प्रवेशमा अवरोध गरेका थिए । अवरोधकाबीच प्रहरीले नेताहरुलाई बैठकस्थल पुर्‍याएको छ । निधिका सुरक्षा गार्डले विद्यार्थीलाई हटाएर नेताहरूलाई भित्र पठाएका छन् ।

पूर्वमहामन्त्री सिटौला, केन्द्रीय सदस्य गगन थापा र प्रदीप पौडलको उक्साहटमा सानेपा पुगेका विद्यार्थीले नारावाजी र अवरोध गरेको कांग्रेसका एक नेताले जनाएका छन् ।

बैठकमा सहभागी हुन सानेपा पुगेका सभापति शेरबहादुर देउवालाई समेत विद्यार्थीले अबरोधको प्रयास गरेका थिए ।

नेविसङ्घका कारण कांग्रेसमा आन्तरिक किचलो बढिरहेको छ । नेविसङ्घको वर्तमान केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको छ ।

सङ्घको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो । अध्यक्ष नैनसिंह महरले राजीनामा दिइसकेका छन् । पार्टीले नेविसंघको तदर्थ समिति बनाउने तयारी गरेको छ ।

यसअघिका बैठकमा अधिकांश नेताहरुले सङ्घको आगामी महाधिवेशन गर्न नयाँ तदर्थ समिति बनाउनुपर्ने धारणा राखेको र सोहीअनुसार तयारी भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

सङ्घको विधानमा हाल उम्मेदवार बन्न ३२ वर्षे उमेर हदको व्यवस्था छ । यो प्रावधान आगामी महाधिवेशनबाट लागु हुने र नयाँ बन्ने तदर्थ समितिलाई लागु नहुने केही नेताहरुको तर्क छ ।

Published : Thursday, 2019 February 21, 2:29 pm

1 प्रतिकृया प्राप्त “सिटौला समूहका विद्यार्थीद्वारा देउवा–निधिमाथि आक्रमण, सानेपामा भाँडभैलो(भिडियो)”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया