नेकपाका सांसद ओलीको निधन, दाङलाई धक्का

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ ।

दाङबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद ओली कार दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उनको शुक्रबार बिहान करीव ३ बजे ललितपुरको एक अस्पतालमा उपचारका क्रममा निधन भएको आफन्तले जनाएका छन् ।

एमाले पृष्ठभूमि भएका प्रदेश सांसद ओली सवार जिप र बस घोराही–लमही सडकमा एकआपसमा ठोक्किएर दुर्घटना भएका थिए ।

ओली दाङ्ग क्षेत्र नं. ३ ‘ख’मा तत्कालीन एमालेबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

ओलीप्रति श्रद्धान्जलि दिन नेकपाले पार्टी कार्यालयमा शव राख्ने भएको छ । शव बिहान ९ देखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा राखिनेछ । त्यसपछि ओलीको शव आजै गृह जिल्ला दाङ लगिनेछ ।

Published : Friday, 2019 February 22, 6:42 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया