ओली चढेको बिजुली बस गुणस्तरहीन, चीनले खाइदियो पैसा

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली आफूले चढेर उदघाटन गरिएको बिजुली बसहरू कमसलखालका गुणस्तरहीन भएको खुलेको छ ।

नेपालमा ल्याइएका बिजुली बस चिनियाँ कम्पनी ‘बिवाइडी’ले बनाएको बस हुन् ।

ती बिजुली बसहरू गुणस्तरहीन भएकाले त्यसलाई सञ्चालनमा ल्याइएको छैन । सरकारी प्राबिधिक भन्छन्, ‘बाहिर रंगरोगन गरिए पनि भित्र प्रयोग भएका सामान खिया लागेको भेटायौं, ढोकासमेत राम्रोसँग नलाग्ने, ग्लास पनि त्यत्तिकै कमसलखालका हालेका छ ।’

सरकारले बस चलाउन नसक्ने भएपछि त्यसमा पनि भारतलाई देखाएर पन्छिन खोजेको स्रोतले जनाएको छ ।

राष्ट्रको ढुकुटी खर्च गरेर चीनसँग बिजुली बस खरिद गरेको कम्युनिस्ट सरकारले भारततिर दोष देखाएर पन्छिन खोजेको आरोप छ ।

Published : Friday, 2019 February 22, 11:43 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया