कांग्रेस सांसद चौधरीले संसदबाट दिइन ओलीलाई श्रद्धाञ्जलि

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद पार्वती डिसी चौधरीले प्रदेश ५ मा दाङबाट प्रतिनिधित्व गर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद उत्तरकुमार ओलीको निधन भएकोमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि दिएकी छिन् ।

संसदको शुक्रबार बसको बैठकमा शून्य समयमा बोल्दै कांग्रेसकी सांसद चौधरीले सडक दुर्घटनामा परेर गम्भीर घाइते भई उपचारका क्रममा निधन भएका नेकपाका प्रदेश सांसद ओलीप्रति श्रद्धाञ्जलि दिइन् । उनले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी छिन् ।

नेकपाकै सांसदहरूले भने संसदबाट ओलीप्रति श्रद्धाञ्जलि दिएनन् । तर, कांग्रेस सांसद चौधरीले संसदबाट ओलीलाई स्मरण गरेकी हुन् ।

नेकपाका प्रदेश सांसद ओली दाङ क्षेत्र नं. ३ को ‘ख’बाट प्रदेश ५ मा निर्वाचित सांसद हुन् । उनको शुक्रबार बिहान ३ बजे निधन भएको थियो ।

Published : Friday, 2019 February 22, 1:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया