ललितपुरमा विप्लवले बम पड्काउँदा तीन घाइते

काठमाडौं । ललितपुरस्थित एनसेलको कार्यालय (टावर) नजिकै सडकमा अपरिचत समूहले बम विष्फोट गराउँदा तीन जना घाइते भएका छन् ।

शुक्रबार राति एनसेलको कार्यालय नजिकै बम विष्फोट हुँदा तीन जना घाइते भएको उच्च स्रोतले जनाएको छ । बिस्फोटमा परी आरुसा मानन्धर, प्रतीक्षा खड्का र सिंह प्रसाद गुरुङ घाइते भएका छन । । घाइतेलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ ।

स्रोतका अनुसार एनसेलको कार्यालयमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता राजन तिमिल्सिनाले मोटो रकम चन्द माग गरेका थिए ।

एनसेलले चन्दा दिन अस्वीकार गरेपछि तिमिल्सिनाले धम्की दिएको स्रोतले जनाएको छ ।

चन्दा नदिएको झोँकमा विप्लवको नेकपाले बम बिष्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

बम विष्फोट भएपछि ललितपुरका साथै प्रहरीले राजधानीभित्रको सुरक्षा चेकजाँच कडा बनाएको छ ।

प्रमुख नाका र चोकहरूमा सुरक्षाकर्मीले चेकजाँचलाई तीब्र बनाएको छ ।

Published : Friday, 2019 February 22, 8:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया