रेणुको गतिविधिले पछुतायो चितवन कांग्रेस, घर घाडा ४० लाख

भारतपुर । नेपाली कांग्रेसको काँधमा चढेर भरतपुर महानगरपालिकाको मेयरमा विजयी भएकी तत्कालीन माओवादी केन्द्रकी नेतृ एवम् पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहालले घर भाडाबापत ठूलो रकम खर्च गर्ने गरेको खुलासा भएको छ ।

मेयर दाहालले घरभाडावापत आफैले महानगरपालिकाबाट ३३ हजार ६ सय रुपियाँ बुझ्ने गरेकी छिन् । यो रकम वर्षमा ४० लाख ३२ हजार हुन आउँछ ।

यो रकममा अरु केही थप गरेर घर नै बन्न सक्छ । तर, किन हो मेयर दाहालले यति मोटो रकम घर भाडामा खर्च गर्दै आएकी छिन् भरतपुर महानगरपालिकाका बासिन्दाहरू छक्कै परेका छन् ।

दाहालले पारिश्रमिक पनि पाँउछिन् । महानगरका सबै जनप्रतिनिधिहरूले महिना सकिनेवित्तिकै मोटो रकम तलव भत्ता बुझ्ने गर्छन् ।

पारिश्रमिकसँगै अन्य विभिन्न सेवा सुविधा पनि पाउँछन् । भरतपुर महानगरपालिकाका प्रमुख दाहालको मासिक पारिश्रमिक ४२ हजार रुपियाँ छ । यसमा भत्ता र अन्य सुविधा जोडिएको छैन ।

त्यसबाहेक मेयरदाहाललाई सवारी साधन, इन्धन र घर भाडाको सुविधा पनि छ ।

वडा नम्बर १० मा महानगर आफैँले मासिक ३३ हजार ६०० रुपियाँ सोझै घरधनीलाई दिने गरी मेयर दाहालका लागि घर भाडामा लिएको छ ।

इन्धनबापत मेयर दाहालले गत असोजमा १४ हजार, कात्तिकमा १९ हजार र मंसिरमा १२ हजार रुपियाँ लिएको महानगरपालिकाका लेखा अधिकृत षडानन्द अधिकारीले जानकारी दिएका छन् ।

तीन महिनाको अवधिमा प्रमुख दाहालले इन्धनबापत ४५ हजार रुपियाँ खर्च गरेकी छिन् । दाहालको खर्चमा मितव्ययिता गर्न नेपाली कांग्रेसले बेलाबेला आवाज उठाउँदै आएको छ ।

उपमेयर पार्वती शाहले कुरा उठाउने गरेकी छिन् । तर, दाहालले सुनुवाई गरेकी छैनिन् ।

मेयर दाहालको कार्यशैली र निरंकुशताविरुद्ध गत मंगलबार उपमेयरसहित नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले २५औँ कार्यपालिका बैठक बहिष्कार गरेका छन् ।

उपमेयर शाहको असन्तुष्टि कर्मचारीले जनप्रतिनिधिलाई नटेरेको, मेयर दाहालले पेलेर जाने गरेको र आफूलाई म्यासेन्जरमा धम्की आउँदा पनि मेयर दाहालले चासो नदिएको आरोप छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले आफूलाई नटेर्ने गरेको उपमेयर शाहको अरोप छ । सुवेदीले मेयर दाहालको चाकडी गर्नमै दिन कटाउने गर्दा भरतपुर महानरपालिकाका सेवाग्राहीहरू मर्कामा परेको गुनासो बढ्दै गएको छ ।

आफूलाई मेयर दाहालकै अगाडि झर्केर बोल्दा पनि दाहालले समस्या समाधानका लागि कुनै पहल नगरेको शाहको आरोप छ ।

Published : Saturday, 2019 February 23, 5:28 am

1 प्रतिकृया प्राप्त “रेणुको गतिविधिले पछुतायो चितवन कांग्रेस, घर घाडा ४० लाख”

  • कानुनत:नगरपालिका र गांउपालिकाका मेयर , वडाअध्यक्ष लगायत
    पदाधिकारि भनेका लोकल बासिन्दा हुन् उनिहरुको त्यहि घर हुन्छ भन्ने मान्यता हुन्छ । कि त अन्यत्रै घर भएको मानिसले त्यहां मतदाता नामावलिमा नाम लेखाएको हुनु पर्यो । जे होस , लोकल नेताले घर भाडा लिनु भनेको न्यायोचित हुन्न । संसदमा पनि काठमान्डुमा घर हुनले घर भाडा लिन पांइदैन ।तर मेयरले इन्धनमा प्रति महिना १० हजार खर्च गर्नु भनेको मामुलि कुरा हो ।त्यति त हप्तामा एक पटक त्यत्रो महा नगर पालिका घुम्दा पनि सकिन्छ ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया