अर्को राजनीतिक दल चोइटियो, थापालाई धक्का

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाका १४ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् ।

राप्रपा संगठन सुदृढीकरणका लागि राष्ट्रिय स्वाभिमान यात्राको तयारीमा जुटिरहेका बेला पूर्वमहामन्त्री जयन्त चन्दसहितका नेताले शनिबार पार्टी छाडेको घोषणा गरेका हुन् ।

चन्द राप्रपाकै वरिष्ठ नेता पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन् ।

पार्टी छाड्ने अन्यमा सहायक महामन्त्री भरत पाठक, कार्यसम्पादन समितिका सदस्यहरू प्रह्लाद साह, भरत गिरी र दिनेश श्रेष्ठ, पूर्वसहायक महामन्त्री गोविन्द खनियाँ, केन्द्रीय सदस्यहरू सानुकाजी हेक्का, चिरागमानसिंह कुँवर, रीता पोखरेल, सुन्दर खडका, गणेशबहादुर विष्ट, गजेन्द्रबहादुर सिंह, बिन्दा गिरी, भरतबहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की र पूर्ण चौलागाईं छन् ।

पार्टीका संस्थापक दुई वरिष्ठ नेता पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपाका दुई घटकबीच एकताबाट बनेको राप्रपा (संयुक्त) प्रति नेता तथा कार्यकर्ता आकषिर्त भएका छन् ।

उनीहरू एकीकृत राप्रपामा प्रवेश गर्ने स्रोतले जनाएको छ । चन्दसहितका नेताले विज्ञप्तिमा आफूहरू लामो समयदेखि एकता प्रक्रियामा संलग्न रहेको उल्लेख गर्दै त्यसको संकेत दिएका छन् ।

Published : Saturday, 2019 February 23, 11:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया