ओलीको कम्युनिस्ट सरकारसँग लड्ने बेला आइसक्योः देउवा

कास्की । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार अधिनायकवादतिर अघि बढिरहेको र यस्तो कदमको कांग्रेसले डटेर मुकाबिला गर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्को जिल्ला सम्मेलनको शनिबार पोखरामा उदघाटन गर्दै देउवाले कम्युनिस्टहरूको मुकाबिला गर्ने समय आएको बताएका हुन् ।

संविधानले दिएको मौलिक हकहरूलाई पनि बिभिन्न कानून ल्याएर दबाउने काममा अग्रसर रहेको ओली सरकार असफल भैसकेको उनले बताए ।

देउवाले कम्युनिस्ट सरकार आफ्नो साख जोगाउन अनेक प्रपोगण्डा अपनाइरहेको बताएका छन् ।

कार्यक्रममा नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट कवीर राणा र समिरजंग शाह पुरस्कृत भएका छन् ।

कवीर राणा देशान्तर मिडिया ग्रपका अध्यक्ष एवं लामो समयदेखि पत्रकारिता मार्फत लोकतन्त्रको वकालत गरिरहेका अग्रज व्यक्तित्व हुन् ।

समिरजंग शाह रेडियो नेपालसँग आबद्ध पत्रकार हुन् । उनले नेपाल प्रेस युनियनको नेतृत्व पनि सम्हालीसकेका छन् । उनी नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समेत हुन् ।
दुवै पत्रकारलाई शेरबहादुर देउवाले सम्मानित गरेका थिए ।

देउवाले पत्रकारहरुलाई लोकतन्त्रका पक्षमा र सरकारको अधिनायकवादी चरित्र उदांगो पार्न कलम चलाउन पनि आग्रह गरेका छन् ।

Published : Sunday, 2019 February 24, 12:00 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया