कांग्रेस सभापति यादवका छोरा अपहरित, जीवन रक्षाका लागि अपील

काठमाडौं । नेपाली कांग्रेसले धनुषा जिल्लामा कांग्रेसका स्थानीय नेताको छोराको अपहरण भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उद्धारका लागि आग्रह गरेको छ ।

कांग्रेसले आइतबार विज्ञप्ति जारी गरेर अपहरित ३२ वर्षीय प्रमोदकुमार यादवको जीवन रक्षाका लागि अपील गरेको छ ।

धनुषा जिल्ला विदेह नगरपालिका वडा नं. ३ का नेपाली कांग्रेसका सभापति रामकृष्ण यादवका छोरा प्रमोदकुमार यादवलाई अज्ञात समूहले अपहरण गरेको छ ।

प्रमोद यादवलाई अपरिचित समूहले अपहरण गरेको एक महिना हुँदा समेत प्रहरीले छुटाउन कुनै पनि सुराक पाएको छैन ।

कांग्रेसले प्रमोदकुमार यादव अपहरित भएको महिना दिन पुग्न लाग्दासम्म नभेटिनु दुःखद् रहेको जनाएको छ ।

गत माघ १४ गते जनकपुरको कपिलेश्वर बसपार्कबाट अपहरित भएका प्रमोदकुमार यादवका बारे गहिरो अनुसन्धान गरी उनको जीवन रक्षाका लागि शीघ्र पहल गर्न नेपाली कांग्रेस कम्युनिस्ट सरकार समक्ष माग गरेको हो ।

Published : Sunday, 2019 February 24, 7:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया