संविधान अनुरुप कांग्रेस पहिलो पार्टी बनेपछि सत्तारुढ कम्युनिस्टहरू ट्वाँ परे

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले महासमितिको बैठकले दिएको निर्देशनअनुसार आफ्नो विधानलाई पारित गरेपछि संविधानअनुसार चल्ने पहिलो पार्टी बनेको छ ।

ललितपुरको सानेपामा आइतबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको विधानलाई बहुमतबाट पारित गरेको थियो ।

महामन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत गरिएको विधान मस्यौदालाई परिमार्जनसहित कार्यसमितिबाट पारित भएसँगै नेपाली कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानअनुसार संविधानलाई अनुसरण गर्ने पहिलो पार्टी बनेको छ ।

नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई कांग्रेसले संरक्षणको अभियानमा कम्युनिस्टहरूले भन्दा एक पाइला अगाडि बढेको छ ।

कम्युनिस्टहरूले संविधानलाई उल्लंघन गरिरहेका बेला कांग्रेसको निर्णयले कम्युनिस्ट सरकार ट्वाँ परेको कांग्रेसका नेताहरूले टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुन नरसिंह केसी, गगन थापासहितका नेताहरूले नोट आफ डिसेन्ट लेखेपनि कांग्रेसको विधान पारित भएपछि देशभरि कार्यकर्ताहरूमा उत्साह जागेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दुई तिहाइको कम्युनिस्ट सरकार बनाए पनि संविधानअनुसारको पार्टी बनाउन सकेको छैन । कम्युनिस्टहरू आन्तरिक घर झगडामा रुमलिएका बेला कांग्रेसले आफ्नो विधानलाई संविधानमा गरिएको व्यवस्थामा ढालेको छ ।

कांग्रेस पार्टीका नेताहरूबीच पनि केही विषयमा मतभेद थियो । तर, लोकतान्त्रिक प्रक्रियामा गएर कांग्रेसले बहुमतको निर्णयलाई कदर गरेको छ । कम्युनिस्टहरूले त्यही लोकतान्त्रिक प्रक्रिया र विधिर्लाइ पनि अपनाउन सकेका छैनन् ।

नेपाली कांग्रेसका युवा नेता रामचन्द्र घिमिरेले फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसको विधान केन्द्रीय कार्यसमितिले पास गर्‍यो । नेपालको संविधान अनुरुप विधान बनाउने पहिलो पार्टी बन्यो ।’ युवा नेता अधिकारीले विधान पारित भएकोमा खुसी व्यक्त गरेका छन् ।

घिमिरेको स्टाटसमा कमेन्ट गर्नेहरू धेरै छन् । कसैले विधान बहुमतबाट पारित भएकोमा बिरोध गरेका छन् । कसैले समर्थन गरेका छन् । नेपाली कांग्रेसको विधान संविधानअनुसार बनेकोमा धेरै कार्यकर्ताहरू खुसी छन् ।

नेपाली कांग्रेसलाई नेपालको संविधानले आइतबारदेखि चिन्न थालेको छ । नेपाली कांग्रेस आइतबारदेखि संघीय स्वरुपमा गएको छ ।

सत्तारुढ कम्युनिस्ट पार्टी ‘नेकपा’ले चिन्दैन । कम्युनिस्टहरू पनि संविधानअनुसार संघीय ढाँचामा जानुपर्छ । अन्य दलहरू पनि संघीय ढाँचामा अनिर्वाय रुपमा जानै पर्छ ।

Published : Monday, 2019 February 25, 12:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया