गगनले ओलीको आलोचना गर्दा तालीले स्वागत

रसुवा । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले संसदलाई छल्न खोजेको आरोप लगाएका छन् ।

रसुवा जिल्लामा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले ओलीले संसदको आदेशलाई नमानेको बताए । उनले भने, ‘प्रधानमन्त्रीले संसदको निर्देशनलाई मान्नुभएको छैन । बरु संसदलाई आदेश दिँदै आउनुभएको छ ।’

नेता थापाले सरकार संसदबाट कानून बनाइ आफ्नो बिरोध गर्नेहरूलाई नियन्त्रण गर्ने अभियानमा रहेको बताए । ‘यसैका लागि संसदबाट नयाँ नयाँ कानून बनाउन हतार गरिएको छ’, उनले भने, ‘कम्युनिस्टहरू आलोचना सहन सक्दैनन् । आफ्नो विरोध गर्नेहरूलाई जसरी पनि दमन र थिचोमिचो गर्न चाहन्छन् ।’

थापाले कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओली नेतृत्वको सरकार राजा ज्ञानेन्द्र शाहको सरकारभन्दा निरंकुश बन्दै गएको बताए । उनले भने, ‘प्रधानमन्त्रीलाई नै संघीयता मन परेको छैन ।’

प्रधानमन्त्री ओलीकै कारण संघीयता खतरामा परेको उनले बताए । युवा नेता थापाले ओलीको आलोचना गर्दा कार्यक्रममा सहभागीहरूले ताली बजाएर स्वागत गरेका थिए ।

युवा नेता थापाले पार्टी प्रवेश ऐतिहासिक क्षण भएको बताएका छन् । कांग्रेस रसुवा र नयाँ शक्ति पार्टी रसुवाबीच एकता भएसँगै पार्टी बिलय भएको छ । सोमबार दिउँसो विशेष कार्यक्रम गरी पार्टी एकता भएको हो ।

कार्यक्रमका लागि काठमाडौंबाट कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, सहमहामन्त्री डा.प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगन थापा लगायतका नेताहरू रसुवा आएका थिए ।

Published : Monday, 2019 February 25, 6:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया