पद सुरक्षित गरेर मात्रै यी सांसद कांग्रेसमा प्रवेश गर्ने

काठमाडौं । प्रदेश ३ मा नयाँ शक्ति पार्टी नेपालका एक मात्र सांसद प्रेम तामाङ आफ्नो सांसद पद सुरक्षित गरेर मात्रै नेपाली कांग्रेसमा औपचारिक रुपमा प्रवेश गर्ने भएका छन् ।

सोमबार रसुवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा तामाङ आएनन् । कानूनी प्रक्रिया पूरा नगरी कांग्रेसमा प्रवेश गर्दा सांसद पद जाने भएपछि तामाङ कांग्रेसमा प्रवेशको औपचारिक कार्यक्रममा नआएका हुन् ।

‘कांग्रेस प्रवेश गर्दा प्रदेश सभाको सदस्य पद रहने वा नरहने स्पष्ट कानूनी ग्यारेन्टी नभएकाले प्रदेश सांसद प्रेम तामाङ पछि हटेको छन्’, स्रोतले भन्यो । उनी सांसद पद सुरक्षित भएपछि मात्रै कांग्रेस प्रवेश गर्नेछन् ।

यद्यपि, नयाँ शक्ति पार्टी नेपाल रसुवाको जिल्ला समितिका सबै सदस्य तथा भ्रातृ संगठनको जिल्ला समिति सोमबारदेखि औपचारिक रूपमा कांग्रेसमा विलय भएको छ ।

नयाँ शक्तिका संयोजक फुर्पुवाङ्दी तामाङ नेतृत्वमा कांग्रेसमा एकता भएको हो । नेपाली कांग्रेस रसुवाका सांसद मोहन आचार्यको प्रयासमा नयाँ शक्तिको जिल्ला समिति कांग्रेसमा विलय भएको छ ।

नयाँ शक्ति पार्टी नेपालको रसुवा जिल्ला समिति नेपाली कांग्रेसमा प्रवेश गरेपछि देशभरिका कांग्रेसका कार्यकर्ताहरूमा उत्साह थपिएको छ ।

पार्टी प्रवेश गरेका नयाँ शक्तिको जिल्ला कार्यसमितिलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापासहितका नेताहरूले सोमबार विशेष कार्यक्रम गरी कांग्रेसमा प्रवेश गराएका थिए ।

Published : Tuesday, 2019 February 26, 8:23 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया