रेणु दाहालद्वारा भरतपुरमा ठूलो अनियमताः पार्वती शाह

काठमाडौं । नेपाली कांग्रेस चितवनकी नेतृ एवम् भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले तत्कालीन माओवादी केन्द्रकी नेतृ रेनु दाहाललाई मेयरमा जिताएर गल्ती महसुस भएको बताएकी छिन् ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर उपमेयर शाहले मेयर दाहालले महानगरपालिकाभित्र ठूलो अनियमितता गरेको आरोप लगाइन् । ‘रेणु दाहाललाई मेयरमा जिताएर कांग्रेसले ठूलो गल्ती गरेको छ’, उनले भनिन्, ‘भरतपुर महानगरपालिकामा अनियमितता बढेको छ ।’

नेपाली कांग्रेसको समर्थनमा रेणुले मेयरमा विजयी हासिल गरेकी थिइन् । रेणु नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी पनि हुन् ।

‘उहाँले कसरी चुनाव जित्नुभयो, राष्ट्रिय अन्तर्राष्ट्रियलाई थाहा छ’, उपमेयर शाहले भनिन्, ‘तर अहिले गल्ती गरियो भन्ने लागेको छ ।’

महानगरपालिकालाई मेयर रेनुले एकलौटी ढंगले चलाउन खोजेको आरोप शाहले लगाइन् । ‘दुई वर्षसम्म पनि लेखा समिति गठन भएको छैन’, उनले भनिन्, ‘जिन्सी समिति गठन भएको छैन । महानगरपालिकामा अनियमितता बढेको छ ।’

उनले आफूलाई युवा संघ र अनेरास्ववियुका जिल्लास्तरीय नेताले धम्की दिएकाले असुरक्षित महसुस गरेको समेत बताइन् ।

यसबारे मेयर रेनुलाई जानकारी गराउँदा पनि कुनै प्रतिक्रिया नजनाएको शाहको गुनासो छ ।

Published : Tuesday, 2019 February 26, 11:34 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया