राणा–लोहनीको पार्टीभित्र विवाद, फेरि फुट्ने संकेत

काठमाडौं । पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) विभाजनको संघारमा पुगेको छ ।

पार्टी एकताको आधार पत्र र सहमतिविपरीत नेतृत्व एकलौटी अघि बढेको भन्दै राप्रपा (संयुक्त)मा विवाद भएको हो ।

राणा–लोहनीले राजसंस्थाको एजेण्डालाई अगाडि बढाएपछि विवाद भएको हो । राणा–लोहोनीको एजेण्डालाई पूर्वमन्त्री सुनिलबहादुर थापासहितका नेताहरूले मन पराएका छैनन् ।

थापासहितका नेताहरूले बुधबार पार्टी कार्यालय चाबहिलमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमसमेत बहिष्कारको छ ।

कमल थापा नेतृत्वको राप्रपा परित्याग गरी आएका जयन्त चन्दसहितका नेताहरूलाई राप्रपा (संयुक्त)मा बुधबार भित्र्याइएको छ ।

आन्तरिक सहमति र सल्लाह नै नगरी नेतृत्वले कार्यसम्पादन र निर्देशन समितिमा स्थान दिन लागेकोमा थापासहितका नेताहरूले आपत्ति जनाएका छन् ।

राणा–डा.लोहनीसँग पूर्वमन्त्री सुनिलबहादुर थापा, किरण गिरी, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, पदमबहादुर बस्नेत, चतुरमान बिश्वकर्मा, धर्मराज जोशी, चन्द्र घोण्डे गुरुङ, इनु अधिकारी लगायत १५ जना केन्द्रीय नेताहरू छन् ।

राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा.लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी)बीच माघ १८ गते एकीकरण भई राप्रपा (संयुक्त) बनेको थियो ।

Published : Wednesday, 2019 February 27, 4:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया