हेलिकप्टर दुर्घटनामा मृत्यु भएका भिभिआइपीलाई नेकपाद्वारा सरकारसंग आर्थिक सहयोग माग

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका सातै जनाको परिवारलाई आर्थिक सहयोग गर्न गर्न कम्युनिस्ट सरकारसँग आग्रह गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको नेकपाको सचिवालय बैठकले परिवारको आर्थिक स्थिति र आवश्यकता हेरेर उपयुक्त सहयोग गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेमा मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार बाहेक सबै हुने खानै नै पर्छन् । उनीहरूलाई समेत नेकपाले आर्थिक सहयोग माग गरेकोमा सामाजिक सञ्जालमा आलोचना भएको छ ।

हवाइ जहाज र हेलिकप्टरमा यात्रा गर्नेहरूका लागि मोटो रकम बीमा हुन्छन् । एकजनाको परिवारले कम्तिमा २० लाखसम्म बीमा रकम पाउँछन् ।

सार्वजनिक बस वा यातायातका साधनमा दुर्घटनामा परेर मृत्यु भएका यात्रुहरूका आफन्तलाई कहिल्यै पनि आर्थिक सहयोग दिनुपर्छ भनेर सरकारसँग माग नगरेको नेकपाले हेलिकप्टर दुर्घटनामा परेर निधन भएकाहरू भीभीआइपीहरूलाई हतार हतारमा किन आर्थिक सहयोग माग गर्‍यो भनेर आश्चर्य व्यक्त गरिएको छ ।

सत्तारुढ नेकपाले मन्त्री अधिकारीको निधनको शोकमा देशैभरका पार्टी कार्यालयमा बिहीबार पार्टीको झण्डा आधा झुकाउनुका साथै तीन दिनसम्म पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

नेकपाले फागुन २३ गते केन्द्रीयस्तरमा श्रद्धाञ्जलि कार्यक्रम गर्ने निर्णय पनि गरेको उनले बताए ।

Published : Thursday, 2019 February 28, 9:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया