हारेर पनि कम्युनिस्टभन्दा माथि परेका यी हुन् कांग्रेसका नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा प्रतिनिधि सभाको निर्वाचनका बेला झिनो मतले पराजित भए । पराजित भएपनि उनले कहिल्यै हरेस खाएनन् । काठमाडौं र ओखलढुंगाको दुरी कम पनि हुन दिएनन् ।

आफ्नो गृहजिल्ला ओखलढुंगाको विकासमा अहिले पनि उनले कुनै कमी हुन दिएका छैनन् । निर्वाचनका बेला तत्कालीन एमालेका उम्मेदवार यज्ञराज सुनुवारसँग थोरै मतले पराजित भएका खतिवडाले आफूलाई कहिल्यै पनि कमजोर ठानेनन् । पराजयबाट खतिवडाले झन् पाठ किसकेका छन् । भन्छन्, ‘जनताले मलाई पराजित गरेर मेरो परीक्षा लिन खोजेका छन् । अर्को निर्वाचनमा मलाई उत्तीर्ण गराउनेछन् ।’

प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएपछि सबैभन्दा पहिला कांग्रेसका युवा नेता खतिवडाले विजयी भएका तत्कालीन एमालेका सांसद सुनुवारलाई बधाइ दिएका थिए ।

सुनकोशीको नवलपुर घाटमा पुलको शिलान्यास गर्दै खतिवडा

त्यस बेला खतिवडाले आफू लोकतान्त्रिक प्रक्रियामा पराजित भएपनि जिल्लाको विकास गर्न कसैसँग पराजित नभएको बताएका थिए । त्यही प्रतिवद्धताअनुसार खतिवडाले जिल्लामा निरन्तर आफ्नो एक्लो पहलमा विकासका निर्माणहरू लगिरहेका छन् । निर्वाचित नेकपाका सांसद सुनुवारका भन्दा धेरै विकासका कार्यक्रमहरू खतिवडाले जिल्लामा भित्र्याएको स्थानीयको भनाइ छ ।

खतिवडा अहिले पनि निरन्तर जिल्लाबासीका काममा लागिरहेका छन् । केही दिन अगाडि निर्माण हुन नसकेका विकासका कार्यक्रमहरू छिटो सम्पन्न गराउन दवाव दिन सडकमा चक्का जामसम् मगर्न खतिवडा उत्रिएका थिए ।

सोलारबाट पानी तान्ने प्लान्ट

जिल्लामा हुने अधिकांश कार्यक्रमहरूमा युवा नेता खतिवडा टुप्लुक्क पुग्छन् । जनताको काम गर्न उनले कहिल्यै पनि लाज मान्दैनन् । त्यही कारणले खतिवडा ओखलढुंगामा लोकप्रिय छन् ।

खतिवडाले ओखलढुंगा–सिन्धुलीको बीचमा पर्ने सुनकोसी नदीमाथि २२ करोडको पुल बनाउन शुरु गरेका छन् । युवा नेता खतिवडा कै व्यक्तिगत पहिलमा सुनकोशी नदीको नवलपुर घाटमाथि पुल बन्न लागेको छ । पुलको शिलान्यास खतिवडा आफैले गरेका हुन् । २४ मिटर लामो पक्की पुल नवलपुर घाटमा बन्न लागेको छ ।

०७४ सालको पुस १६ गते खतिवडा आफैले पुलको शिलान्यास गरेका हुन् । त्यो पुल बन्यो भने ओखलढुंगाको दुर्गम गाउँहरूमा जान सजिलो हुनेछ । ढुंगाबाट सुनकोशी तर्नुपर्ने बाध्यता हट्नेछ ।

पुल बनाउने क्रममा पिलर बनाउन खोनिएको जमिनभित्र १५–१६ मिटरमा नै सुनकोशी नदीमा ठूलो चट्टान भेटिएपछि काममा कठिनाइ भएको छ । पुलको काम गर्दै आएका मदन माझीले पुलको नक्सा परिवर्तन गर्नुपर्ने समस्या आएको बताए । उनले भने, ‘एउटा खम्बामा १२ वटा पिलर बनाइएको छ । तर, केही ठाउँमा १५–१६ मिटरमा चट्टान भेटिएकाले पुलको डिजाइन परिवर्तन गर्नुपर्ने अवस्था आएको छ । त्यसका लागि केन्द्रमा लेखेर पठाएका छौँ ।’ माझीले पुलको काम तीब्र गतिमा चलेको र एक वर्षभित्र निर्माण पूरा हुने बताउँछन् ।

अर्का स्थानीय युवराज बरालले पनि पुलको काम धमाधम भैरहेको बताए । उनले भने, ‘पुल अर्को वर्षभित्र पूरा गरेर ठूला गाडी चलाउने योजनामा छौँ ।’ पुल निर्माणको काममा कुनै पनि प्रकारको ढिलासुस्ती हुन नहुने पक्षमा कांग्रेसका युवा नेता खतिवडा छन् । भन्छन्, ‘कुनै समस्या आयो भने म आफै भिडेर भए पनि तोकिएको समयमा पुल निर्माण गर्छु ।’

कांग्रेसका युवा नेता खतिवडाले पानीको समस्या भएको स्थानहरूमा सोलाबाट पानी पुर्‍याएका छन् । सोलारबाट पानी पुर्‍याउने सोलावाला सिस्टम खर्चिलो छ । एउटै प्रोजेक्ट तयार हुन दुई करोड खर्च लाग्छ । तर, खतिवडाले यस्ता प्रोजेक्टहरू ओखलढुंगामा सात वटा लगिसकेका छन् । उनले झोलुङगे पुलहरू पनि बनाएका छन् ।

एमालेबाट विजयी भएका सांसद सुनुवारले सांसद विकास कोषको पैसाभन्दा अरु कुनै पनि विकासका कार्यक्रमहरू ओखलढुंगामा भित्र्याउन सकेका छैनन् । नेकपाका सांसद सुनुवारभन्दा खतिवडा नै ओखलढुंगा धेरै विकासका कार्यक्रम भित्र्याउने नेतामा पर्छन् ।

केही दिन अगाडि सिन्धुलीको खाङसाङ बजारमा खतिवडासहित कांग्रेसका नेताहरूले सडक बन्द गरेर निर्माण हुन नसकेका तीन वटा पुल र एउटा सडक निर्माणका लागि सरकारलाई दवाव दिएका छन् ।

नेपाली कांग्रेसलाई पनि खतिवडाले जिल्लामा कसरी बलियो बनाउन सकिन्छ भनेर जिल्ला नेताहरूसँग परामश गर्दै आएका छन् ।

विकासका कार्यक्रम जिल्लामा ल्याएर कार्यान्वयनमा लैजाँदा आफूलाई सत्ताको दुरुपयोग गरेर कार्यक्रम ल्यायो भनेर आरोप लगोकोमा उनले त्यसप्रति कुनै जवाफ दिन आवश्यक नरहेको बताउँछन् । भन्छन्, ‘जिल्लाको विकासका लागि आउने कार्यक्रमहरू कसरी र किन आउँछन् त्यसलाई किन ध्यान दिने ? जनताले त्यसलाई सदुपयोग गर्न पाउनुपर्छ भन्ने मेरो मान्यता छ । अरु भनेका झिनामसिना कुरा हुन् ।’

Published : Friday, 2019 March 1, 12:46 pm

1 प्रतिकृया प्राप्त “हारेर पनि कम्युनिस्टभन्दा माथि परेका यी हुन् कांग्रेसका नेता खतिवडा”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया