देउवालाई घरमा देखेपछि निर्मलाकी आमाको मन भक्कानियो

कञ्चनपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई भेटेर ढिलो चाँढो अपराधी पत्ता लाग्ने आश्वासन दिएका छन् ।

शुक्रबार भीमदत्त नगरपालिका – २ उल्टाखामस्थित घरमा निर्मलाकी आमालाई भेटेर हत्यारा पत्ता लगाबउन सक्दो पहल गर्ने आश्वासन दिएका हुन् ।

सभापति देउवाले ढिलो चाँडो हत्यारा पत्ता लाग्ने बताए । उनले भने, ‘कांग्रेसले पहल गरिरहेको छ । बलात्कारपछि हत्या जस्तो जघन्य अपराधका दोषीलाई छाड्ने कुरै हुँदैन ।’ उनले हत्यारा पत्ता लाग्ने कुरामा ढुक्क हुन आग्रह गरेका छन् ।

निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले घटना भएको ७ महिना पूरा हुँदा पनि हत्यारा पत्ता नलागेकाले सहयोग गर्न आग्रह गरेकी थिइन् ।

उनले अहिलेसम्म सबैको सहयोगले यहाँसम्म पुगेको भन्दै अहिले यो घटना सेलाएजस्तो भएको गुनासो गरिन् ।

सभापति देउवालाई घरमा देखेपछि निर्मला पन्तकी आमा दुर्गादेवी पन्त भक्कानिएकी थिइन ।

‘फेरि पनि यस्तै सहयोगको आशा छ’, दुर्गादेवीले भनिन्, ‘धर्ना बसेर वा आन्दोलन गरेर मात्रै पनि अपराधी पत्ता लाग्ने देखिदैन ।’

उनले लगातारको धर्नाले बिरामी भएका श्रीमान् यज्ञराज र निर्मलाकी कान्छी आमा लक्ष्मी उपचारका लागि काठमाडौं गएकाले त्यसमा पनि आवश्यक सहयोग गरिदिन आग्रह गरिन् ।

निर्मलाको न्यायका लागि आन्दोलनरत नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारीले देउवालाई हत्यारा पत्ता लगाउन माग गर्दै ज्ञापन पत्र बुझाएकी थिइन् ।

परिवारलाई भेट्न कांग्रेस केन्द्रीय सदस्य एनपी साउद लगायत नेता कार्यकर्ताहरू समेत पुगेका थिए ।

Published : Friday, 2019 March 1, 1:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया