कम्युनिस्ट सरकारले अंकुश लगायो भने कांग्रेसले प्रतिवाद गर्छः देउवा

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले प्रेस स्वतन्त्रतामाथी अंकुश लगाउन खोजेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले सोमबार आयोजना गरेको प्रजातन्त्रका सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृत सभामा बोल्दै सभापति देउवाले वर्तमान सरकारले प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन खोजेको आरोप लगाए ।

सभापति देउवाले सरकारले फेसबुक, ट्विटर, युट्युब र अनलाईनलाई व्यस्थित गर्ने नाममा साइबर क्राईमको आरोप लगाएर प्रेस स्वतन्त्रता हनन् गर्न लागि परेको बताए ।

कम्युनिस्ट सरकारले सामाजिक सञ्जाल बन्द गर्न लागेको भनर भ्रम फैलाएको भनेर विज्ञप्ति जारी गर्दै त्यस्ता भ्रम छर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको थियो ।

देउवाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप भए कांग्रेसले प्रतिवाद गर्ने चेतावनी दिए ।

प्रजातन्त्र स्थापनाका लागि लीलाबहादुर पण्डितको योगदानको चर्चा गर्दै सभापति देउवाले पण्डितले देखाएको बाटो पहिल्याउने उनले बताए ।

Published : Monday, 2019 March 4, 8:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया