भारतीय जासुसी संस्थाको नेपालमा यस्तो खेल, अमेरिकन गुप्तचरले गर्‍यो खुलासा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टी (भाजपा)का बारेमा अमेरिकाको गुप्तचर निकायका प्रमुखले ठूलो खुलासा गरेका छन् ।

अमेरिकनहरूले सन् २०१९ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा भाजपा र मोदीका बारेमा सनसनीपूर्ण खुलासा गरेपछि दक्षिण एशियामा हलचल उत्पन्न भएको छ ।

अमेरिकाको नेशनल इन्टेलिजेन्सका निर्देशक डन कोट्सले भाजपाले निर्वाचन अगाडि भारतमा धार्मिक द्वन्द्व (हिंसा) गराउने तयारी गरेको दाबी गरेका छन् । निर्देशक कोट्सको रिपोर्टलाई उदृत गर्दै अमेरिकन अनलाइन पत्रिका ‘न्युज १८ डटकम’ले भारतमा हिन्दू र मुस्लिम समुदायबीच धार्मिक हिंसा भड्काउने तयारी भएको खुलासा गरेको छ ।

भारतमा हिन्दू र मुस्लिम धर्मबीच धार्मिक दंगा फैलियो भने त्यसको असर नेपालमा पनि पर्नेछ । भारतले आफ्नो गुप्तचर संस्था ‘रअ’लाई प्रयोग गरेर छिमेकी राष्ट्रहरूमा पनि धार्मिक दंगा गराउन सक्ने स्रोतको भनाई छ ।

भारतले नेपालमा पनि त्यो खतरनाक खेल नखेल्ला भन्न सकिँदैन । भारतको निर्वाचनलाई लिएर नेपाल सरकारले बेलैमा सुरक्षा सर्तकता अपनाउनु पर्ने जानकारहरू बताउँछन् । खुला सिमाना भएका कारण भारतमा कुनै पनि दंगा हुनेवित्तिकै नेपालमा त्यसको प्रभाव पर्न सक्छ ।

धार्मिक दंगा नभए पनि भारतमा अपराध गरेर नेपालमा आएर अपराधीहरू लुक्न सक्ने विश्लेषण गरिएको छ । नेपाल–भारतको सीमालाई अहिले देखिनै चेकजाँचमा कडाइ गर्नुपर्ने सुझावहरू आउन थालेका छन् ।

भाजपाले भारतमा हिन्दूधर्म स्थापनाका लागि सन् २०१९ को संसदीय निर्वाचनलाई भरपुर उपयोग गर्ने रणनीतिमा रहेको रिपोर्टमा उल्लेख छ । भारतमा मुस्लिमभन्दा धेरै हिन्दू छन् ।

धर्मनिरपेक्ष भारतलाई हिन्दूराष्ट्र बनाउन भाजपाले हिन्दूहरूको भोट तान्न चाहन्छ । त्यो भोट आफूतिर तान्न हिन्दू र मुस्लिम धर्मबीच हिंसा भड्काएर द्वन्द्व गराउन खोजेको अमेरिकाले आरोप लगाएको छ ।

भारतमा नरेन्द्र मोदी र भाजपा पछिल्ला दिनहरूमा अलोकप्रिय हुँदै गएका छन् । आफ्नो बर्चश्व बचाइराख्न मोदी र उनको दल भाजपाले भारतमा दङ्गा फैलाउने गरेर रणनीति बनाएको आरोप लगाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानविरुद्ध सैनिक कारबाही गरेर निर्वाचनको फण्डा बनाउन खोजेका थिए ।

तर, मोदीको त्यो फण्डा धेरै दिन टिक्न सकेन । पाकिस्तानले मोदीको सबै चालहरूको पर्दाफास गरिदिएको छ । यो घटनाले मोदी र भारतको विरोध भएको छ भने पाकिस्तान र प्रधानमन्त्री इमरान खानको विश्वभरि प्रशंसा गरिएको छ ।

मोदीको रणनैतिक चाल बुझेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमाथि त्यति धेरै ठूलो सैन्य बल प्रयोग गरेनन् । मोदीले निर्वाचनका बेला आफू र अलोकप्रिय बन्दै गएको आफ्नो दल भाजपामाथि सहानुभूति जुटाउन पाकिस्तानमाथि हमला गरेका थिए ।

पाकिस्तानले आफ्नो भूमिमा उड्दै गरेको भारतको फाइटर प्लेनका पाइलटलाई जिउँदै पक्राउ गरी सकुशल फिर्ता गरेर मोदीको खेलको पर्दा उघारी दिएपछि भारतीय नागरिकहरू नै चकित परेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीका पछिल्ला गतिविधि र भाजपाका नेताहरूका अभिव्यक्तिले पनि अमेरिकनहरूको रिपोर्टलाई मद्धत गरेको विश्लेषण गर्न थालिएको छ । यूनाइटेड पोष्ट साप्ताहिकबाट

Published : Thursday, 2019 March 7, 8:21 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया