आजीवन काराबासको फैसलाले थारुहरूलाई आक्रोशित बनायोः योगेन्द्र चौधरी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद योगन्द्र चौधरीले संघीय संसदमा कैलालीबाट निर्वाचित सांसद रेशमलाल चौधरीविरुद्ध भएको आजीवन काराबासको फैसलाले आफूलाई गम्भीर बनाएको बताएका छन् ।

सांसद रेशमलाल चौधरीलाई अदालतबाट भएको आजीवन काराबासको सजाय दुखद् र गम्भीर विषय भएको टिप्पणी गरे । रिपब्लिका दैनिकसँग कुरा गर्दै कांग्रेसका युवा नेता चौधरीले आजीवन काराबासको फैसलाले विभिन्न आशंकाहरू जन्माइदिएको बताए ।

चौधरीले रेशमलाल चौधरीको सजायको विषयले देशमा झन् द्वन्द्व निम्ताउनेमा आफूलाई डर लागेको बताए । उनले भने, ‘टीकापुर घटना एउटा राजनीतिक आन्दोलन थियो । आन्दोलनमा सहभागी भएकाहरूलाई यसै गरी मुद्धा लगाएर आजीवन काराबासको सजाय दिने हो भने द्वन्द्वकालीन मुद्धाहरू पनि उल्टिनेछन् ।’

थारुहरूले आफ्नो अधिकारका लागि गरेको आन्दोलनलाई राजनीतिक आँखाले हेरिनुपर्नेमा आदालतलाई बीचमा ल्याएर द्वन्द्व खडा गरिएको पूर्वसांसद चौधरीले बताएका छन् । उनले भने, ‘राजनीतिक विषयमा अदालत प्रवेश गर्नु हुँदैन थियो । राजनीतिक विषयलाई राजनीतिक रुपमा नै हल निकाल्नुपर्छ । यो सरकारले गम्भीर भुल गरेको छ ।’

रेशमलाल चौधरीविरुद्ध कैलाली जिल्ला अदालतको निर्णय अन्तिम नरहेको बताएका कांग्रेसका नेता चौधरीले भने, ‘पुनरावेदन हुँदै सर्वोच्चसम्म जाने बाटो खुला छ । त्यस बेलासम्म सरकारले केही न केही निकास निकाल्नेछ । समयमा बुद्धि पलाउनेछ ।’

थारुहरू संयमित रहेको भन्दै उनले भने, ‘यो घटनाले थारु समुदायमा आक्रोश पैदा गरिदिएको छ । यही फैसलाका कारण धमिलो पानीमा माछामार्न खोज्ने तत्वहरूले फाइला लिन सक्छन् । त्यसैले राज्यले समयमै बुद्धि पुर्‍याउनु पर्छ । रेशमलाल चौधरीको विषयलाई राजनीतिक ढंगले सुल्झाउनुपर्छ ।’

सीके राउत र विप्लवहरू सलबलाइरहेका बेला थारु समुदायलाई उनीहरूले उचाल्न सक्ने कांग्रेसका नेता चौधरीले सरकारको आँखा खोलिदिएका छन् ।

Published : Thursday, 2019 March 7, 7:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया