ओलीको पानीजहाजलाई सुरुवाती झट्का

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले पानीजहाजको कार्यालय स्थापना गरेको केही दिनभित्र झट्का लाग्ने रिपोर्ट आएको छ ।

जल यातायात सञ्चालनका लागि स्थलगत सम्भाव्यता अध्ययनले नेपालभित्रै तत्काल पानीजहाज आउन कठिन देखाएपछि ओलीको पानीजहाजको सपना तत्काल पूरा नहुने देखिएको छ ।

नेपाल–भारतका विज्ञ प्राविधिक टोलीले संयुक्त रूपमा नारायणी र कोसी नदीमा गरेको स्थलगत सम्भाव्यता अध्ययनपछि अधिकारीहरू तत्काल पानीजहाज चलाउन नसकिने जनाएका हुन् ।

कोसी र गण्डक ब्यारेजभन्दा मुनि पानीको सतह न्यून छ । यस्तो अवस्थामा पानीजहाज चलाउन नसकिने प्राविधिक अध्ययन टोलीको निस्कर्ष रहेको उच्च स्रोतले जनाएको छ ।

भारतका कारण नै पानीजहाजको सम्भावना न्युन भएको हो । हिउँदमा भारतले कोसी र गण्डक ब्यारेजबाट अधिकांश पानी नहर हुँदै भारततर्फ लैजाने गरेको छ । कोसी र गण्डकमा पानी नै नहुने भएपछि ओलीले चलाउने भनेको पानीजहाज कसरी चल्न सक्छ भनेर प्रश्न उठेको छ ।

भारतले हालै गण्डक र गंगाको संगमस्थल हाजीपुरसम्म ३ सय किलोमिटर जलमार्ग निर्माणको थालनी गरेको थियो । बघा नेपाल–भारत सिमानाको त्रिवेणीघाटको नजिक पर्छ ।

त्यो जलमार्गमा पनि ठूलो माल ढुवानीका लागि नभएर स्थानीय कृषिउपजलाई बजार पहुँच दिलाउने प्रयोजनका लागि भारतले निर्माण गरिरहेको छ ।

नेपालसम्म मालबाहक पानीजहाज ल्याउन नसकिने भएपछि भारतले गंगा नदीमा निर्माण गरेका मल्टिमोडल टर्मिनलमध्ये नेपालका लागि कुन उपयुक्त हुन्छ भन्नेबारे छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले पानीजहाज कार्यालयको उदघाटन समेत गरिसकेका छन् । ओलीले फागुन २ गते ललितपुरको एकान्तकुनामा कार्यालय खोलेका हुन् ।

Published : Friday, 2019 March 8, 11:40 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया