मकवानपुरमा कांग्रेसप्रति आकर्षण बढदै, माआवादी र राप्रपाका नेताहरू प्रवेश
हेटौँडा । मकवानपुर जिल्लामा माओवादी र राप्रपाका नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मकवानपुरको भीमफेदी गाँउपालिकाको वार्ड ७ कोगटेमा भएको कृयाशील वितरण तथा कार्यकर्ता भेलामा राप्रपा र माओवादीका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।
ढिलो गरेर प्राप्त समाचारअनुसार नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वसांसद महालक्ष्मी उपाध्याय ‘डिना’ले राप्रपा र माओवादीका नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसमा भित्र्याएकी हुन् ।
नेतृ उपाध्यायले लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेसले भूमिका खेलेको बताइन् । ‘कांग्रेसभित्र सबैको अधिकार रक्षा हुन्छ’, उनले भनिन्, ‘कम्युनिस्टहरू दुई तिहाइको अहंकार र दम्भीबाट हिँडेका छन् । कांग्रेसले त्यस्तो अहंकार गर्नु हुँदैन ।’
कम्युनिस्टहरूले जनताका अधिकारलाई कुनै पनि हालतमा संरक्षण गर्न नसक्ने कांग्रेस नेतृ उपाध्यायले बताइन् ।
राप्रपा वार्ड अध्यक्ष र माओवादी पार्टीका ईञ्चार्ज लगायत २० जना स्थानीय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको मकवानपुर कांग्रेसले जनाएको छ ।
पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका नेताहरूले राप्रपा र माओवादीको नेतृत्वहरू निरंकुश हुँदै गएपछि कांग्रेसको सिद्धान्त मन परेर प्रवेश गरेको बताए ।
राप्रपाका नेताहरूले अध्यक्ष कमल थापाको दुई जिब्रे व्यहार र बोलिका कारण आफूहरू आजित भएको बताएका थिए । थापाको बोलाइ र गराइ ठीक नभएको पार्टी छाडेरका नेताहरूले आरोप लगाए ।
माओवादीका कार्यकर्ताहरूले पनि केन्द्रीय नेताहरूको चरित्र र व्यवहार उचित नभएपछि पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेको बताए ।
भेलामा नेपाल महिला सघं तरूण दल समिति पनि गठन भएको छ ।
यसमा तपाइको मत