जनमत संग्रह कांग्रेसलाई मान्य छैनः देउवा

म्याग्दी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको आफ्नै विधान भएकाले पार्टी विधान अनुसार चल्ने बताएका छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी विधान अनुसार चल्ने बताए ।

देउवाले पार्टी भित्रको विवादलाई अन्त्य गर्नका लागि प्रयास गरिरहेको बताए । उनले सहमति खोज्दाखोज्दै आफूले काम गर्न नपाएको गुनासो गरेका छन् ।

पार्टी विधानअनुसार चल्नुपर्ने भएपनि त्यसलाई अस्वीकार गर्ने प्रयासमा लागेकाले विवाद निस्किएको भन्दै देउवाले नेपाल विद्यार्थी संघको विवाद अन्त्य गरिने बताए ।

सभापति देउवाले कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले सञ्चालन गरेको पार्टी पद्धतिलाई नै आफूले निरन्तरता दिएको बताएका छन् ।

उनले भने, ‘हिजो जुन अवस्था थियो पार्टीमा आज त्यही छ, अनि म हुँदा किन परिवर्तन गर्नुप¥यो पार्टी सञ्चालन पद्धति ?’ उनले वडाबाटै निर्वाचित भएर आउनुपर्नेमा आफूलाई कुनै समस्या नभएको बताउँदै आगामी महाधिवेशनबाट नयाँ रुप आउने हुँदा महाधिवेशन प्रतिनिधिले पनि केन्द्रीय सदस्यमा चुनाव लड्न पाउने बताए ।

कांग्रेस सभापति देउवाले भर्खरै मात्र सरकारले सिके राउतसँग गरेको सहमतिका विषयमा आफूले अध्ययन गर्न बाँकी रहेको बताए ।

स्वतन्त्र मधेशका लागि आन्दोलनरत राउत समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन गरेको सहमति सकारात्मक भएपनि सरकारले बुदाँगत रुपमा गरेको सहमतिका बारेमा थप अध्ययन गर्ने देउवाले बताएका छन् ।

दुवै पक्षबीच गरिएको सहमतिमा रहेको जनअभिमतको बुँदालाई गम्भीरतापूर्वक लिएको बताउँदै सभापति देउवाले देश टुक्राउने गरी मधेशमा अस्थितरता ल्याउन जनमत संग्रहको प्रयास भए पार्टीलाई अमान्य हुने चेतावनी दिए ।
आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउने सरकारको प्रयास भने सकारात्मक रहेको देउवाको भनाई छ ।

Published : Sunday, 2019 March 10, 11:41 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया