तरुण दलका नेताको हत्या, दोषीलाई कारबाही गर्न माग

बुटवल । रुपन्देही जिल्लाको देवदहमा नेपाल तरण दलका स्थानीय नेताको हत्या भएको छ ।

आइतबार राति मोटरसाइकलमा सवार देवदह नगरपालिका वडा नम्बर ५ का अन्दाजी २० वर्षीय अनिश पुरीलाई देवदह भलुहीमा अज्ञात समूहले आक्रमण गरेर हतया गरेको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लका अनुसार मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गर्दा पुरीलाई अज्ञात समूहले आक्रमण गरेको थियो ।

आक्रमणबाट गम्भीर घाइते भएका पुरीको उपचारका लागि देवदह मेडिकल कलेज भलुही लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले हत्यामा संलग्न जो कोहीलाई तत्काल पक्राउ गरेर कारबाहीको माग गरेका छन् ।

‘सत्ताको आडमा हुने यस्ता खालका अपराधलाई राज्य पक्षकै संरक्षण भएको हुन सक्छ’, उनले भने, ‘दुई तिहाइको कम्युनिस्ट सरकार बनेपछि नेपाली कांग्रेस र युवा तरुणहरूमाथि सांघातिक आक्रमण हुँदै आएको छ । शान्ति सुरक्षाको अवस्था कमजोर बनेको छ ।’

मृतक पुरी नेपाल तरुण दलको सक्रिय कार्यकर्ता र स्थानीय नेता रहेको कांग्रेका क्षेत्रीय सभापति तथा देवदह नगरप्रमुख हीराबहादुर खत्रीले जानकारी दिएका छन् ।

पुरीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ५ जना युवाहरूलाई नियन्त्रणमा लिएको छ । आइतबार राति देवदहको बुद्धनगरमा सामूहिक आक्रमणमा परी मारिएका पुरीको हत्यामा संलग्न भएको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

राति करीव ८ बजेको समयमा देवदह ९ बुद्धनगरमा बोलाई स्थानीय युवाहरूको समूहले पुरीमाथि सांघातिक आक्रमण गरेका थिए ।

तरुण दलका स्थानीय नेता पुरीलाई एक परिचित युवाले फोन गरेर बोलाएका कारण उनी बुद्धनगरमा पुगेको र त्यहाँ पुगेका पुरीमाथि १०–१२ जनाको समूहले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

आक्रमणबाट बच्न भाग्दै करीव २ सय मिटर पर पुगेका पुरी पूर्वपश्चिम महेन्द्र राजमार्गको किनारमा रहेको पेट्रोल पम्पमा आइपुगेपछि लडेका थिए ।

पेट्रोल पम्पमा लडेका उनलाई स्थानीयले उद्दार गरी देवदह मेडिकल कलेज पुर्‍याएका थिए ।

व्यापार मेलाको विषयमा देवदहको खैरेनी र बुद्धनगरका युवाहरूका बीचमा विवाद हुँदै आएको बताइएको छ । सोही कारण पुरीको हत्या भएको हुन सक्ने अनुमान स्थानीयको छ ।

देवदह उद्योग बाणिज्य संघले बुद्धनगरमा मेला आयोजना गरेको र उक्त मेलामा खैरेनीका युवाहरूको हालीमुहाली चलेको भन्दै युवाहरूका बीचमा २–३ दिन यता तनाव उत्पन्न भएको थियो ।

व्यापार मेला स्थलमा सवारी साधन पार्किङका विषयमा स्थानीय बुद्धनगर र खैरेनीका युवाहरूका बीचमा विवाद उत्पन्न भई केही दिनअघिदेखि नै सम्भावित झडपको अवस्था देखिएको थियो ।

उद्योग वाणिज्य संघले कांग्रेस निकटका युवाहरूलाई पार्किङको जिम्मा दिएको थियो । संघको यो निर्णयलाई सत्तारुढ नेकपा निकट युवाहरूलाई चित्त नबुझेको कतिपयको भनाइ छ ।

Published : Monday, 2019 March 11, 9:24 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया