स्पेनमा फहरायो चारतारे झण्डा, बन्यो कांग्रेस शुभेच्छुक संस्था

बार्सिलोना । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति स्पेनले म्याड्रिडमा शाखा बिस्तार गरेको छ ।

स्पेनको राजधानी म्याड्रिडमा सम्पन्न कार्यक्रममा पार्वती ओलीको अध्यक्ष्यतामा नेपाली जनसम्पर्क समिति म्याड्रिड शाखा गठन गरिएको हो ।

जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्र शर्माको पहलमा संस्थापक अध्यक्ष चिन्तामणि सापकोटा, भूपू अध्यक्ष एकराज गिरी, निबर्तमान अध्यक्ष शालिकराम डुम्रे , सलाहकार बिष्णु रिजाल लगायतको उपस्थितिमा गठन भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा सुदीप अर्याल, महामन्त्रीमा राजेश बरुवाल, सहमहामन्त्रीमा संजय सापकोटा, कोषाध्यक्षमा शर्मिला बिक रहेका छन् ।

सदस्यहरूमा रमेश पौडेल, बोल प्रसाद सापकोटा, मान बिक, मनीषा शर्मा र कमला रेग्मी रहेका छन् ।

समितिको प्रमुख सल्लाहकारमा रामकृष्ण पुडासैनीलाई चयन गरेको छ ।

शाखा अध्यक्ष पार्वती ओलीले सबै समुदायका व्यक्तिहरुसँग सहकार्य गरेर समितिले सामाजिक कार्यमा सहभागिता जनाउने उद्देश्यका साथ समिति निर्माण गरिएको दाबी गरिन ।

Published : Monday, 2019 March 11, 12:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया